पूर्वयुवराज शाह फेरि विवादमा
Posted by Anonymous News 10:29 AMपूर्वयुवराज पारस शाहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रहेको रोयल क्यासिनोमा मंगलबार मध्यराति हात हालाहाल गरेका छन् । रोयल क्यासिनो शाहकी बहिनी प्रेरणा शाहका श्रीमान् राजबहादुर सिंहको स्वामित्वमा छ ।
समाचार स्रोतका अनुसार शाहले क्यासिनोमा कार्यरत सुरक्षाकर्मी टेकबहादुर चन्दलाई कामबाट निकालेको झांेकमा जनरल म्यानेजर शैलेन्द्रशमशेर राणालाई दुव्र्यवहार गरेका थिए । शाहले म्यानेजर राणालाई भनाभनका क्रममा हातसमेत हालेपछि केही समय क्यासिनोमा तनाव उत्पन्न भएको थियो । प्रत्यक्षदर्शीका अनुसार भनाभनकै क्रममा हात हालाहालको स्थिति उत्पन्न भएपछि खालमा खेलिरहेका जुवाडे र कर्मचारीहरूसमेत लाखापाखा लागेका थिए ।
आपmनो कारणले क्यासिनोमा भागाभागको स्थिति सिर्जना भएको देखेपछि पारस करिब १५ मिनेटमै बाहिरिएका थिए । जनरल म्यानेजर राणाले
भने पूर्वयुवराज शाह र आफूबीच कुनै हातपात र चर्चामा आएजस्तो घटना नभएको विज्ञप्तिमार्फत बताएका छन्
KantipurNews

विद्यालय सञ्चालिकामाथि गोली प्रहार
Posted by Anonymous News 10:18 AM५ जेठ, वीरगञ्ज । वीरगन्ज उपमहानगरपालिका-१२ रानिघाटस्थित जीवनज्योति माध्यमिक विद्यालयकी सञ्चालिका सुनिता गुप्तामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको छ ।
दाहिने काँधमा गोली लागेर गम्भीर घाइते भएकी गुप्तालाई उपचारका लागि हिजै राति काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
राति करिब ८ बजेतिर घरमा बसिरहेका बेला अज्ञात हतियारधारी समूहले गुप्तामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली कसले र कुन उद्देश्यले हानेको को भन्ने खुल्न सकेको छैन ।
यसैबीच घटनाको विरोधमा आज पर्साका अधिकांश निजी विद्यालय बन्द गरिएका छन् ।
Onlinekhabar

हावाहुरीले लडाकु शिविर उडायो
Posted by Anonymous News 10:17 AM५ जेठ, नवलपरासी । बुधबार राति आएको हावाहुरीका कारण नवलपरासीको झ्याल्टुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजन मुख्यालयसहित सहायक शिविरका करिब एकदर्जन घर टहरा भत्किएका छन् ।
मुख्यालयका सहायक कमाण्डर कुलबहादुर नाथ ‘महान’ले झ्याल्टुङडाँडास्थित मुख्य शिविरमा पाँच, हात्तीखोर सहायक शिविरका चार र रुपन्देहीको सैनामैनास्थित अर्को सहायक शिविरमा पाँचवटा घरटहरा भत्किएको जानकारी दिए ।
लडाकु शिविरका बिजुलीबत्ती र टेलिफोन सेवासमेत अवरुद्ध भएको मुख्यलयले जनाएको छ ।

भोलि कांग्रेसको शक्ति प्रदर्शन
Posted by Anonymous News 10:10 AMकाठमाडौ, जेष्ठ ५ - शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणको पक्षमा जनदबाब सिर्जना गर्न कांग्रेसले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीका ठूला सभामा देखिने सहभागितालाई चुनौती दिन कांग्रेसले जेठ ६ गतेको सभामा सम्पूर्ण ध्यान लगाएको हो ।
कांग्रेसले वैशाख ११ देखि थालेको जागरण अभियानको अन्तिम सभा राजधानीमा गर्न लागेको हो । यसअघि राजधानीबाहिर केन्द्रीयस्तरका छ वटा सभामा समेत उसले ठूलो संख्यामा जनपरिचालन गरेको थियो । त्यस्तै ३८ वटा जिल्लास्तरीय सभा पनि गरिएको उसले जनाएको छ ।
राजधानीको सभामा सहभागिता बढाउन कांग्रेसले वाग्मतीका आठ जिल्लाको २९ निर्वाचन क्षेत्रमा व्यापक प्रचारप्रसार थालेको छ । सभाको उद्देश्यबारे स्थानीयलाई बुझाउन केन्द्रीय कार्यसमितिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जना केन्द्रीय सदस्यसमेत खटाएको छ ।
प्रचारप्रसारका लागि घरदैलो, अन्तरक्रिया, कोणसभा, माइकिङ, पोस्टर, पम्प्लेटिङ, फ्लेक्स, एसएमएसका माध्यम प्रयोग गरिएको छ । शान्ति र संविधानको कार्यसूची लिएर कांग्रेस लामो समयपछि जनपरिचालनमा होमिएको हो ।
सभामार्फत कांग्रेसले शान्तिप्रक्रिया, संविधान निर्माण, संविधानसभाको म्याद थपसम्बन्धी प्रस्तावलगायत समसामयिक राजनीतिक कार्यनीति ल्याउने घोषणा गरेको छ । यसलाई उसले 'शान्ति प्रक्रिया र संविधान निर्माणसम्बन्धी पार्टीको अन्तिम बटमलाइन' भनेको छ । शान्तिप्रक्रियामा विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेकोप्रति कांग्रेस नेताहरू माओवादीप्रति बढी आक्रामक देखिएका छन् । अभियान मुख्य रूपमा माओवादीलाई दबाब दिन आयोजना गरिएको हो । कांग्रेसका एक केन्द्रीय सदस्यले बारम्बारको वार्ता र छलफलबाट टुंगोमा पुग्ने अवस्था नदेखिएपछि जनस्तरबाटै दबाब सिर्जना गर्न जागरण अभियान थालिएको बताए ।
पार्टी महामन्त्री प्रकाशमान सिंहले जेठ ६ को जागरणसभा कांग्रेसको मात्रै नभएर शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान पक्षधर सबै नेपालीको भएको बताए । सभा तयारीबारे जानकारी दिन बुधबार आफ्नै निवास चाक्सीबारीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, 'शान्ति र संविधानका पक्ष्ापाती सबैलाई कार्यक्रमका ऐक्यबद्धता जनाउन आग्रह गर्छु ।'
सिंहले वर्तमान राजनीतिक संकटको निकासका लागि कांग्रेसले सभामार्फत धारणा ल्याउन लागेकाले पनि सबैको चासो बढेको बताए । वर्तमान सरकारले जति अर्जुनदृष्टि भने पनि शान्तिप्रक्रिया र संविधान निर्माण पूरा गर्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणमा समेत कांग्रेसले पहल गर्ने बताए ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले शुक्रबार बिहानसम्मको राजनीतिक परिस्थिति विश्लेषण गरेर सबै विषयमा स्पष्ट कार्यनीति सार्वजनिक गर्ने बताए । 'संविधानसभाको म्याद थपको अन्योल, शान्तिप्रक्रिया र संविधान निर्माणबारे हामी नयाँ घोषणा गरेर जान्छौं,' उनले भने, 'शान्तिप्रक्रियामा सहमति हुन सकेन भने संविधानसभाको म्याद थपको पक्ष्ामा कांग्रेस हुने छैन ।' संविधानसभा विघटन भएको अवस्थामा के गर्ने भन्ने विकल्पमा पनि पार्टीभित्र छलफल भइरहेको उनले बताए ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले अभियानबाट शान्तिप्रक्रियाको मुद्दा जनस्तरसम्म स्थापित भएको बताए । 'कांग्रेसको शक्ति बलियो भएमा नै लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ भन्दै हामीले सबैलाई सभामा आउन आग्रह गर्दै हिँडेका छौं,' जोशीले भने ।

हराएकी २० वर्षकी युवतीको एक हप्तापछि खेतमा लाश फेला पर्यो
Posted by Anonymous News 9:37 AMकञ्चनपुर, जेठ ५- घरबाट बेपत्ता भएको एक हप्तापछि २० वर्षकी एक युवतीको शव फेला परेको छ। कञ्चनपुरको कालिका गाविस-९ की २० वर्षीया समुद्रा रानाको रहस्यमय मृत्यु भएको हो।
गत वैशाख २९ गते राति घरबाट बेपत्ता भएकी समुद्राको शव अंशुवर्मावस्ती-६ बस्ने दानबहादुर चौधरीको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ।
युवती बेपत्ता भएपछि परिवारका सदस्यहरु खोजतलासमा लागेका थिए। मृत अवस्थामा फेला परेकी युवतीको हत्या वा मृत्यु के भएको हो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ।
दानबहादुर चौधरीको खेतमा शव फेला परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले अनुसन्धानका लागि भन्दै चौधरीलाई हिरासतमा लिएको छ।
परिवारका सदस्यले हालसम्म सत्यतथ्य पत्ता नलागेको भन्दै महिला मानवअधिकार रक्षक सञ्जालमा निवेदन दिएको सञ्जालकी अध्यक्ष भारती सिंहले बताउनुभयो। घटनाको वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाहीको मागसमेत पीडितका आफन्तजनले गरेका छन्।
मृतक महिला राति अपरिचित व्यक्तिको मोटरसाइकल चढेर जाँदै गरेको देखेको गाउँलेहरुले बताएका छन्। रासस@nagariknews

बन्द आह्वान गरेकामा ११ करोडको सहयोग रोक्का
Posted by Anonymous News 5:52 PMकाठमाडौ, वैशाख २९ - सर्वसाधारणको मौलिक हक हनन हुने गरी बन्द/ हडतालको आयोजना गरेको भन्दै बेलायती सहयोग नियोगले जनजाति महासंघलाई दिँदै आएको करिब ११ करोड रुपैयाँको सहयोग रोक्ने भएको छ ।
नियोगले बुधबार साँझ महासंघका अध्यक्ष राजकुमार लेखीलाई सहयोग रोकिएकोबारे पत्र बुझाएको छ ।
महासंघले जेठ १४ भित्रै संविधान बनाउनुपर्ने भन्दै शुक्रबार नेपाल बन्दको घोषणा गरेपछि नियोगले मानव अधिकार हनन हुने गतिविधिमा संलग्न रहेको ठहर गर्दै सहयोग रोकेको हो ।
नियोगले पत्रमा महासंघले गर्न लागेको बन्दका कारण अब उप्रान्त कुनै पनि सहयोग उपलब्ध नगराउने उल्लेख छ ।
'नेपालमा धेरै मानिस बन्दलाई विरोधको वैधानिकस्वरूप ठान्छन्,' नियोगी सारा सान्याहुम्बीले लेखीलाई पठाएको पत्रमा भनिएको छ, 'तर बेलायती सरकारको नियोग भएको नाताले नेपाली जनताको मानव अधिकार हनन हुने कुनै पनि कामलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नु हाम्रा लागि असम्भव छ ।' नियोगले महासंघअन्तर्गतको जनजाति सशक्तीकरण परियोजनालाई करोडौंको सहयोग गर्दै आइरहेको थियो ।
'सहयोगको आधारभूत बुँदामा हामीले बन्द/हडताल गर्न नपाइने सहमति गरेका थियौं,' नियोगका एक अधिकारीले कान्तिपुरसँग भने, 'तर उसले त्यसको वास्ता गरेजस्तो देखिएन, बन्दजस्तो मानव अधिकारविरोधी काम गर्ने संस्थालाई हामी सहयोग जारी राख्न सक्दैनौं ।'
महासंघका अध्यक्ष लेखीले भने आफ्नो अधिकारका लागि कसैको दबाबमा आन्दोलन नरोक्ने प्रतिक्रिया दिए । 'हामी कुनै दाताको दास बनेर सहयोग लिँदैनौं,' उनले भने, 'दाताले मन लागे सहयोग गर्छन् नलागे गर्दैनन् तर हामी हाम्रो हक अधिकारको लडाइँ कहिल्यै रोक्दैनौं ।'
नियोगले आफूलाई ७ महिनादेखि अनेक दबाब दिँदै आएको लेखीले बताए । 'उनीहरू कहिले के भन्छन्, कहिले के भन्छन्, आफ्नै सर्तमा हामीलाई चलाउन चाहन्छन्,' उनले भने, 'अस्ति पनि मेरै कार्यालयमा आएर बन्द नगर्न भने, हाम्रो हक अधिकारका लागि हामी कसैले भनेर किन आन्दोलन रोक्ने ?'
महासंघले चरणबद्ध आन्दोलन गर्न लागेको भन्दै उनले थप आन्दोलनका कार्यक्रम शुक्रबार बेलुका सार्वजनिक गर्ने बताए ।
पर्यटन वर्षभरि कुनै पनि बन्द/हडताल नगर्ने दलहरूले प्रतिबद्धता गरेपछि मुलुकमा केही महिनायता देशव्यापी बन्द/हडताल भएका थिएनन् । लेखीले भने आफूहरूले संविधान नपाएसम्म त्यो नमान्ने बताए ।
बन्दका कारण लाखौं सर्वसाधारणको मौलिक हक हनन हुने, उनीहरू स्वास्थ्य र शिक्षाबाट वञ्चित हुने भएकाले त्यसो नगर्न सम्झाउँदा पनि महासंघले बन्द कुनै हालतमा नरोक्ने अडान लिएको नियोगले बतायो । स्रोतअनुसार शान्तिपूर्ण प्रदर्शन, जुलुस र धर्नाजस्ता विरोधका अरू कार्यक्रम गर्न नियोगले महासंघलाई सुझाव दिएको थियो ।
'तर त्यसो गर्न महासंघ तयार भएन,' नियोग स्रोतले भन्यो, 'यस्तो भएपछि सहयोग जारी राख्नुको अर्थ छैन ।'
नियोगले महासंघलाई दोस्राे चरणको सहयोग ७ महिनाअघि गरेको थियो । त्यो सहयोग ११ करोड बराबरको भएको लेखीले बताए ।
सहमतिअनुसार काम भए/नभएको मूल्यांकनमा सम्झौता बराबरको रकमको आवधिक भुक्तानी गर्न महासंघ र नियोग दुवैले मञ्जुरी गरेका थिए । बन्द/हडताल नगर्ने, हिंसात्मक विरोध र प्रदर्शन हुन नदिने तथा मानव अधिकार हनन हुने कुनै पनि काम गर्न नपाइने सम्झौता उनीहरूबीच भएको थियो ।
'केही करोडका लागि हामी हाम्रो भविष्य नै दाउमा राख्न सक्दैनौं,' लेखीले भने, 'बिनासर्तको सहयोग भए मात्रै लिन्छौं तर आन्दोलन रोक्दैनौं ।'

कोसी ब्यारेजमा भारतीय ज्यादती
Posted by Anonymous News 9:22 AMराजविराज, जेष्ठ ४ - भारत सरकारले कोसीको धार परिवर्तन गर्ने गरी एकलौटी रूपमा 'पाइलट च्यानल' खन्ने तयारी गरेको छ । दर्जनभन्दा बढी नेपाली गाउँ डुबाउने गरी भारतीय ठेकेदारद्वारा एक महिनाअघि सुरु गरिएको उक्त च्यानलको खन्ने काम सप्तरीका प्रमुख जिल्ला अधिकारीको आदेशमा रोक्का गरिएको थियो ।
केही स्थानीय बासिन्दालाई प्रलोभनमा पारी भारतीय ठेकेदारले च्यानल खन्ने काम पुनः सुरु गर्न लागेका हुन् । च्यानल खन्ने काम रोक्न स्थानीय पीडितले गठन गरेको कोसी पीडित संघर्ष समिति अध्यक्ष राजकुमार गाइमले भने, 'ठेकेदारका सहयोगीले संघर्ष समितिकै केही सदस्यलाई लोभ्याउने कुरा गरेको थाहा पाएको छु । उनीहरूको लहैलहैमा लागेर दर्जनभन्दा बढी गाउँ डुबानमा पार्ने गरी पाइलट च्यानल खन्ने काम कुनै हालतमा हुन दिन्नौँ ।'
सप्तरीका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले पनि पाइलट च्यानल खन्ने काम सुरु गर्नेबारे कुनै निर्देशन नआएको बताए । बहुचर्चित कोसी सम्झौताअनुसार नेपाली भूभागमा कुनै नयाँ काम गर्न पर्दा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
'सोहीअनुसार एक महिनाअघि च्यानल खन्ने काम सुरु गर्दा जानकारी नगराएकाले नेपाली जनताको हित हेरी खन्ने काम रोक्का गरेको थिएँ', प्रजिअ खरेलले भने, 'यसबारे गृह
मन्त्रालयको राय मागेेका छु तर हालसम्म कुनै निर्देशन आएको छैन ।'
स्थानीय बासिन्दाको मागअनुसार नेपाली उच्च प्राविधिकद्वारा पाइलट च्यानलको प्राविधिक मूल्यांकन गराउनुपर्ने माग रहे पनि सोसमेत हालसम्म हुन नसकेको उनले बताए । भारतीय ठेकेदारले नेपाली प्रशासनको निर्देशनलाई उल्लंघन गर्दै कम सुचारु गरे नियमअनुसारको कारबाही हुने प्रजिअ खरेलले बताए ।
भारतीय गाउँको जोखिम कम गर्न भारत सरकारले कोसी नदीको प्राकृतिक बहाव परिवर्तन गरी पश्चिम (नेपाली गाउँ) तर्फ फर्काउन विगत दुई वर्षदेखि पाइलट च्यानल खन्ने काम अगाडि बढाएको हो । संघर्ष समिति अध्यक्ष गाइमले भने, 'भारतीय ठेकेदार कम्पनी धर्ती ड्रेजर्सका सहयोगी अजित सिंहले नेपाली गाउँलाई डुबाउनबाट जोगाउन च्यानलको छेउबाटै रिङ बाँध बनाइदिने, च्यानलको दिशालाई परिवर्तन गरी गोबरगाढा गाउँको पूर्वबाट बनाइदिने आश्वासन दिएका छन् तर त्यसमा विश्वास छैन ।'
सप्तरीको भारदहस्थित कोसी ब्यारेजको ४२ नम्बर ढोका अगाडिबाट गोबरगाढासम्म ६ किलोमिटर लामो पाइलट च्यानल खन्ने भारत सरकारको योजना छ । उक्त च्यानल निर्माणपछि हाल पूर्वतर्फ बग्दै गरेको कोसी नदी पश्चिम फर्किने र सप्तरीको भारदह, जोगिनिया, हनुमाननगर, तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायत दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने निश्चित छ ।
२९ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पाइलट च्यानल खन्ने जिम्मा भारतीय ठेकेदार कम्पनी धर्ती ड्रेजर्सलाई दिइएको छ । यस वर्ष नदीमा बाढी आउनुअघि नै च्यानल खन्ने काम सक्नुपर्ने भए पनि स्थानीय बासिन्दाको अवरोधपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल, नेपाल प्रहरीका एसपी भोगबहादुर थापा, सशस्त्र प्रहरीका एसपी भुवनेश्वर चौधरी र सप्तरी सिंचाइका डिभिजनल इन्जिनियर शैलेन्द्रकुमार झासहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणपछि खन्ने काममा रोक लगाइएको थियो । त्यस बेला भारतीय अधिकारीले च्यानलबाट नेपाली गाउँमा बाढीको जोखिम नबढ्ने दाबी गर्दै आएका थिए ।

ब्राह्मण समाजद्धारा पश्चिमाञ्चल बन्दको घोषणा
Posted by Anonymous News 9:20 AMपर्वत, जेष्ठ ४ - ब्राह्मण समाजले आगामी जेठ ६ गत्ते पश्चिमाञ्चल बन्दको घोषणा गरेको छ । समाजले देशका कुनैपनि नागरिकलाई जातीय आधारमा विभेद गर्न नहुने, देशको प्रमुख जाति ब्राह्मणलाई अन्य जाति भनेर अपेक्षा गर्न नपाईने,यथाशिघ्र राम्रो र हाम्रो संविधान निर्माण गर्नु पर्ने लगायत माग राखि पश्चिमाञ्चलका १६ जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।
समाजले बुधबार पर्वत सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसंग शान्तिपूर्ण रुपले आफ्ना मागहरु अघि सारिए पनि वेवास्था गरेपछि बन्द गर्नुको विकल्प नभएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय सदस्य एवं अध्यक्ष लोकनाथ आचार्यले बन्द गरेर माग पुरा गर्न राजनैतिक दलले पाठ सिकाएका र आफूहरु पनि बाध्य भई माग पुरा गराउन राजनैतिक दलककै बाटोमा लागेको बताए ।
उनले बन्द शान्तिपूर्ण हुने र हस्तक्षेप गरे कडा संघर्षमा उत्रने जानकारी गराए । बन्दलाई सफल बनाउन बिहीबार सांझ पश्चिमाञ्चलका १६ ओटै जिल्लामा मसाल जुलुस निकालीने समाजले जनाएको छ ।

भट्टराईलाई हत्या गर्ने धम्की अराजनीतिक’
Posted by Anonymous News 9:14 AMकास्की, जेष्ठ ४ - भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई दिइएको ज्यान मार्ने धम्की अराजनीतिक भएको बताएका छन् ।
‘यो अराजनीतिक चरित्रको पराष्ठ हो, पोखरा विमानस्थलमा बु्धबार संचारकर्मीहरुसंग कुराकानी गर्दै रायमाझीले यसलाई पार्टीले गंभीरतापर्वक लिएको बताए । धम्की आएको स्पष्ट पादै उनले त्यस बारेमा अनुसन्धान भइरहेकाले दोषीलाई कारबाही गरिने जनाए ।
‘हामी अहिले कारबाहीको प्रकृयामा छौ, दोषीलाई छिट्टै कारबाहीको दायरामा ल्याउँछौं’ उनले भने । राष्ट्रिय सहमति, शान्ति र संविधान नबन्दा कार्याकर्तामा तरल दिमाख हुँदा अन्तरविरोध आउनुलाई भने आफूहरुले सामान्य रुपमा लिएको रायमाझीले बताए ।
उनले अहिले मुलुक अत्यन्त कठिन मोडमा उभिएकोले विभिन्न घटनाक्रमहरु सृजना हुन लागेकोले शान्ति र संविधानको पक्षमा राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए ।
नयाँ राष्ट्रिय सरकार अहिलेको महत्वपूर्ण एजेन्डाबारे संचारकर्मीहरुले राखेको जिज्ञासामा रायमाझीले भने, ‘शान्ति र संविधानको ग्यारेण्टी नभएसम्म कसको नेतृत्वमा सरकार भन्ने कुराले महत्व राख्दैन ।’उनले राष्ट्रिय सरकार भन्दा पनि राष्ट्रिय सहमति कायम कसरी गर्न सकिन्छ भन्ने बारेमा अहिले बहस चलाउनु पर्नेमा जोड दिए ।
शान्ति र संविधानका लागि राष्ट्रिय सहमति कायम हुन नसके मुलुक दिशाहीन बनेर अर्के अराजक मोडल लिन सक्ने संकेत गरे ।

दुर्घटनामा एकको मृत्यु
Posted by Anonymous News 9:02 AM४ जेठ, पोखरा । पोखराको नुवारथोकमा गए राति माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ठक्करबाट अन्य एक पैदल यात्रु घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको र उनी पैदलयात्री हुन सक्ने प्रहरीले बताएको छ । जिरोकिलोमिटर बाट हल्लनचोकतर्फ जाँदै गरेको ग१ख ३४५० नम्बरको बसले सडक छेउमा रोकिराखेका ग१ज ४०४३ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो ।
त्यस लगत्तै गुडिरहेको ग१च ६३६९ नम्बरको कारलाइसेमत ठक्कर दिएको थियो ।

निजामती कर्मचारी टोली सगरमाथामा
Posted by Anonymous News 9:00 AM४ जेठ, काठमाडौँ । निजामती कर्मचारीहरुको टोलीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।
टोलीका नौ सदस्य आज बिहान शिखरको चुचुरोमा पुगेको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले जानकारी दनुभयो । सफल आरोहण गर्ने कर्मचारीहरुमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सन्तकुमार महर्जन, हरि गुरागाई, हरि ढकाल, सुवीर श्रेष्ठ, तुल्सीराम भण्डारी, सुरथ पोखरेल, पदम भण्डारी, खिमलाल गौतमलगायत रहेका छन ।
निजामती कर्मचारी सँगै टोलीमा रहेका १५ जना पथप्रदर्शकले पनि सगरमाथा आरोहण गरेका छन् । निजामती कर्मचारी प्रथम सगरमाथा आरोहण अभियान अन्तर्गत तात्कालीन पर्यटन सचिव लिलामणि पौडेल नेतृत्वको १५ सदस्यीय आरोहण टोली गत २४ चैतमा राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।
नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको सहयोगमा निजामती कर्मचारी सगरमाथा आरोहणमा गएका हुन्र ।

लुम्बिनी गुरूयोजनालाई ७ अर्ब जरुरी
Posted by Anonymous News, Photo Gallery 12:57 AM मनोरञ्जन शर्मा
लुम्बिनी, २ जेठ
विश्व शान्तिको मुहान अर्थात् गौतमबुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना १६ वर्षअघि सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ८० प्रतिशतको हाराहारीमा मात्र काम भएको छ । लुम्बिनी विकास कोषका पदाधिकारीले ८० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे पनि लुम्बिनीमा ५० प्रतिशतभन्दा बढी काम नभएको जस्तो देखिन्छ ।
संयुक्त राष्ट्र संघअन्तर्गत लुम्बिनीका विकासका लागि गठित अन्तर्राष्ट्रिय समितिले जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई सन् १९७२ मा लुम्बिनीको समग्र विकास गर्ने उद्देश्यसहितको गुरुयोजना तयार गर्न जिम्मा दिएको थियो ।
प्रोफेसर टांगेले ६ वर्ष लगाएर सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार गरी बुझाएका थिए । जसअनुसार सन् १९८५ सम्म पहिलो चरण र १९९५ सम्म दोस्रो चरण गरी लुम्बिनी गुरुयोजना सम्पन्न भइसक्नुपर्ने थियो । तर, विडम्बना लुम्बिनीको योजनाबद्ध विकासका लागि प्रोफेसर टांगेले तयार पारेको गुरुयोजना ३३ वर्ष पूरा हुँदा लुम्बिनीमा जग्गा अधिग्रहण गर्ने र मायादेवी मन्दिर उत्खनन गरी त्यसको पुनर्निर्माण तथा अन्य केही फाटफुट कामबाहेक नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै ठोस काम हुन सकेको छैन ।
तर, लुम्बिनी विकास कोषका वर्तमान सदस्य सचिव राजेन्द्रबहादुर थापा आफूहरुले धेरै काम फत्र्ते गरेको दाबी गर्छन् । पवित्र उद्यान निर्माण कार्य लगभग सम्पन्न भइसकेको, केन्द्रीय नहरको केही काम बाँकी रहेको र विहारहरु निर्माण गर्न सबैलाई प्लट दिइसकेको, अधिकांश भाग बारबन्धन भएको तथा १० लाख वृक्षारोपण अभियान सुरु भइसकेको थापाले जनाए ।
आफूले बनाएको गुरुयोजना सम्पन्न भएको चाहना राखेका प्रोफेसर टांगेको स्वर्गवास भएको पनि ६ वर्ष भइसकेको छ । १६ वर्षअघि सम्पन्न भइसक्नुपर्ने लुम्बिनी गुरुयोजनाको काम समयमै नसकिनुमा मुख्य दोषी राज्य देखिन्छ । राज्यकै कारण लुम्बिनीको विकासमा बाधा परिरहेको हो । सरकारद्वारा गठित लुम्बिनी विकास कोषमा गुरुयोजना सम्पन्न गर्न आवश्यक क्षमता भएको व्यक्ति सुरुदेखि नै नियुक्ति हुन नसक्दा लुम्बिनी गुरुयोजना अलपत्र जस्तै भएको हो ।
राजनीतिक अस्थिरताका कारण बारम्बार परिवर्तन हुने सरकार र सरकार परिवर्तन हुनेबित्तिकै कोषमा नयाँ आउने अध्यक्ष तथा विभागीय मन्त्रीले आफ्ना निकटतम व्यक्तिलाई लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तीकेन्द्रका रूपमा प्रयोग गरी मुख्य पदहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटि नै लुम्बिनी गुरुयोजनाको मुख्य बाधक तथा कारकका रूपमा रहेको छ । लुम्बिनी, शान्ति तथा गुरुयोजनालाई नजिकबाट बुझेको मानिस नियुक्त नभई राज्य सञ्चालकका गोजीका मानिसलाई टीका लगाएर लुम्बिनी पठाउनु तथा आर्थिक अपारदर्शिता र अदूरदृष्टि भएका मानिसको आवागमन हुनु नै लुम्बिनीको विकासका बाधक हुन् ।
राजनीतिक नियुक्ति गर्दा एकाध क्षमतावान व्यक्ति परे तापनि विभागीय मन्त्री परिवर्तन हुनासाथ कोषको पदाधिकारीमा पनि फेरबदल हुने गर्दा पूरै कार्यकाल काम गर्न नपाउने भएकाले पनि उनीहरु लुम्बिनीको विकासतर्फ उत्साहित हुन सक्दैनन् ।
तसर्थ, सरकारले लुम्बिनीलाई छुट्टै स्वायत्त संस्थाको रूपमा अगाडि बढाई योजनाबद्ध ढंगले विकास गर्नुपर्ने माग भइरहेको छ । तर, सरकारसँग लुम्बिनी गुरुयोजना सम्पन्न गर्न स्पष्ट नीति र योजनाको अभाव छ ।
कोषका सदस्य सचिव थापा अहिले लुम्बिनी गुरुयोजना सम्पन्न गर्न मुख्य बाधक आर्थिक समस्या भएको बताउँछन् । उनका अनुसार गुरुयोजना सम्पन्न गर्न अझै ७ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
प्रोफेसर टांगेले तयार गरेको गुरुयोजनामा पहिलो चरणमा नेपाल सरकारले र दोस्रो चरणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिएर पूरा गर्नुपर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायलाई ल्याई लुम्बिनीको विकास गर्नसमेत सरकार असफल भएको छ । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघमा गठित अन्तर्राष्ट्रिय समिति विगत १७ वर्षदेखि निष्क्रिय छ । १५ मुलुकका प्रतिनिधि रहेको सो समितिलाई पुनः क्रियाशील गराउने प्रस्तावलाई पाँच वर्षअघि लुम्बिनीमा सम्पन्न दोस्रो विश्व बौद्ध शिखर सम्मेलनले पारितसमेत गरेको थियो । तर, अहिलेसम्म सो समिति सक्रिय बन्न सकेको छैन । सो समिति सक्रिय भई काम गरेमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउन सक्ने भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीको भनाइ छ ।
राज्यले लुम्बिनी गुरुयोजनालाई मुख्य प्राथमिकतामा राखी काम सम्पन्न गरेमा ‘हीरा खानी’को रूपमा रहेको लुम्बिनीबाट यस क्षेत्रले मात्रै नभई राज्यकै आर्थिक तथा पर्यटन क्षेत्रमा विकास हुने देखिन्छ । यसका लागि राज्यले राजनीतिक नियुक्तिभन्दा पनि सम्बन्धित क्षेत्रका विशेषज्ञ र अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि समावेश गर्न सक्यो भने लुम्बिनी गुरुयोजना पूरा हुनसक्छ नत्र भने प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना सम्पन्न हुने कुरा गर्भमा नतुहिएला भन्न सकिँदैन ।
Karobar Daily

आज १८औं मदन-आश्रित स्मृति दिवस
Posted by Anonymous News, Photo Gallery 10:25 AM३ जेठ, काठमाडौँ । आज जेठ ३ गते । अर्थात तात्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको हत्या भएको १८ वर्ष पूरा भएको दिन ।
पोखरामा आयोजित पार्टीको आन्तरिक कार्यक्रममा भाग लिएर चितवन जाँदै गर्दा आजैको दिन २०५० साल जेठ ३ गते दास ढुंगामा रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।
जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी जननेताका नामले पनि चिनिनुहुन्थ्यो । मदन-आश्रति हत्याका एकमात्र जिवित साक्षी जिप चालक अमर लामाको पनि केही वर्षअघि किर्तिपुरमा रहस्यमय हत्या भइसकेको छ । हत्यामा सरकारको हात रहेको आरोपमा एमालेले तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला सरकार विरुद्ध चर्को आन्दोलन गरेको थियो ।
एमालेले पटकपटक हत्या छानविनका लागि गठन गरेका समितिहरुले तयार पारेका प्रतिवेदन अहिलेसम्म गुपचुप नै राखिएको छ । त्यसयता एमालेले तीन पटक सरकारको नेतृत्व गरेको छ भने कयौं पटक अरुको नेतृत्वमा सरकारमा सामेल भएको छ । तर, पनि हत्याबारे अहिलेसम्म सत्य थत्य बाहिर ल्याइएको छैन ।
एमालेले हरेक वर्ष झैं आज पनि राजधानीलगायत मुलुकभर विभिन्न कार्यक्रम गरी ‘मदन-आश्रित’ स्मृति दिवस मनाउँदै छ । यस वर्षको स्मृति दिवस विगतका तुलनामा भिन्न र सिर्जनात्मक हुने सो पार्टीले दावी गरेको छ । भण्डारी र आश्रितको हत्या भएको दिन जेठ ३ गतेलाई एमालेले मदन-आश्रित स्मृति दिवसको रूपमा मनाउँदै आएको छ । यसपटक दिवसको अवसर पारेर एमालेले भण्डारी र आश्रितको सम्झनामा मदन-आश्रित कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने जनाएको छ ।
Onlinekhabar
२५ सय ५५औँ बुद्धजयन्ती आज
Posted by Anonymous News 10:19 AM
३ जेठ, काठमाडौँ । महामानव गौतम बुद्धको २५ सय ५५औं जन्मजयन्ती आज नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । शान्तिदुतका नामलेसमेत चिनिनु हुने बुद्धको जन्म दिनको सम्झनामा नेपालमा २००७ सालपछि लगातार दिवास मनाउँदै आइएको छ ।
लुम्बिनीका राजा सुद्धोधन मायादेवीका छोरा तथा राजउत्तराधीकारी सिद्धार्थ गौतम राजकाजको मोह छोडी कठिन तपस्या गरेर वुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध हुनु भएको किंवदन्ती छ । लामो तपस्यापछि बुद्धले मानिस दुःखी हुनुको मुख्य कारण लोभ, मोह र क्रोध भएको निष्कर्ष निकाल्नु भएको थियो । बुद्धको जन्म र मृत्यु बैशाख शुक्ल पूणिर्मामा भएको थियो भने उहाँले सोहीदिन वुद्धत्व प्राप्त गर्नुभएको थियो ।
बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । काठमाडौको स्वयम्भु, बौद्ध लगायत विभिन्न बौद्ध गुम्बाहरुमा पनि आज विशेष मेला लागेको छ ।
बुद्ध जयन्तीका अवसरमा राजधानीलगायत मुलुकभर आज बिहानै देखि शान्तिपदयात्रासहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति यादव लुम्बीनीमा
Posted by Anonymous News 10:15 AM
३ जेठ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको २५५५औं स्मृति दिवसको अवसरमा बुद्धको जन्मस्थल लुम्बीनीमा आयोजित विशेष कार्यक्रममा सरिक राष्ट्रपति डा. रामवरण यादव लुम्बीनी आइपुग्नु भएको छ ।
राष्ट्रपति सँगै उपराष्ट्रपति परमानन्द झा, संस्कृती मन्त्री खगेन्द्र सप्रसाई लगायतका सरकार अधिकारी र वौद्ध धर्मालम्बी हरु पनि लुम्बीनीमा जम्मा भएका छन् । २५५५औं बुद्ध जयन्तीको अवसरमा लुम्बीनीमा आज बिहान शान्तिपदयात्रा आयोजना गरिएको छ । पदयात्रामा राष्ट्रपति यादव पनि सहभागी हुनु भएको थियो ।
कार्यक्रममा राष्ट्रपति यादवले जापानका दुई नागरिकलाई गौतम बुद्ध अन्तराष्ट्रिय शान्ति पुरस्कारद्धारा सम्मान गर्ने कार्यक्रम छ । विश्व शान्ति सन्देश फैलाउन अभियान चलाएको भन्दै सरकारले दोस्रो विश्वयुद्धताका अणु बम आक्रमणमा परी ध्वस्त भएको जापानको दुई सहर हिरोसीमा र नागासाकीका तत्कालीन मेयरहरुलाई पुरस्कृत गर्ने निर्णय गरको थियो ।
पुरस्कार ग्रहण गर्न नागासकीका तत्कालीन मेयर तोकिहिसा ताउए र हिरोसिमाका तादातोसी अकिवा नेपाल आइसक्नु भएको छ । पहिलो पटक दिन लागिएको यो पुरस्कारको राशी ५० हजार अमेरिकी डलर रहेको छ ।

हल्लै हल्लाले बन्द, आयोजकको पत्तो छैन
Posted by Anonymous News 10:04 AM
अजित तिवारी, विराटनगर, जेठ ३ - नेपाली जन प्रगतिशिल मञ्च नामक नयाँ संगठनले सोमबार साँझ पर्चा छरेकै कारण मंगलबार बिहानदेखि मेची-कोशी बन्द छ। बन्दका कारण यस क्षेत्रको जनजिवन प्रभावित बनेको छ।
‘शान्ति र जन संविधानको सुनिश्चितता, स्वरोजगार र स्थायी सरकारको आवश्यकता भन्दै मञ्चका कमरेड सुमनसिंह पौडेलद्वारा हस्ताक्षरित पर्चा छरेकै भरमा मेची-कोशी बन्द भएको छ। यसअघि मञ्चको नामै सुनिएको थिएन्। ‘खै कसले बन्द गरायो, त्यो त थाह छैन'-जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले भने,‘बन्द भनेर सोमबार साँझ बजारमा पर्चा छरिएको थियो।'
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बन्द आव्हानकर्ता चारजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । बन्दका कारण मेची-कोशी क्षेत्रमा सार्वजनिक सवारीसाधन, कलकारखाना, विद्यालय, कलेज र बजार बन्द छ। बन्द आव्हानकर्ता सडकमा नदेखिएपनि बन्दको असर परेको छ।
@Nagarik News

.

Nepalese Rupee Converter