गजल-तिम्रै लागि
Poem 12:55 AM
छरिदिए फूलहरु तिम्रै रुप रंग जानी
भावनाको पोखरीमा पछ्यौरीको सप्को हानी !!
बगिरहोस् गंगा माथि फक्रिएर तिनै फूल
अभिशाप हुन्न कहिल्यै चोट नदेऊ ढुंगा मानी !!
उकाली र ओरालीको बिसाउने चौतारीमा
सुख्खा दिल भए पनि साहसले भर्छ पानी !!
तर्न परे सागर पनि तिम्लाई डुंगा बनि दिउँला
जिन्दगीको यो यात्रामा डोर्याउँला हात तानी !!
लाग्छ कोमल भित्री दिल सुन्दरताले भरिएको
सुवाष छर्ने मुस्कुराहट सितल पवन लाग्छ बानी !!
मिलिजुली एक साथ रमाउँ सँगै बगैचामा
जुनी जुनी नमेटिने बन्छ सहज प्रेम काहानी !!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१० /११/२१








Nepalese Rupee Converter