छोरी

30610_1319859312375_1107556523_30738638_2528957_n 
छोरी तिम्रो सम्झनाले मुटु मेरो पोल्छ साह्रै
एकान्तको गहिराइमा दिमाग किन ?खेल्छ साह्रै  !
फूल सम्झि नजिकबाट बास्ना लिन कहिल्यै पाईन
अभागीको जस्तो सधैँ किन  ? आँखा टोल्छ साह्रै !
फाड्दै छु म जता ततै फिजिएका काँडाहरु
बाधा बनि तिम्रै लागि बाटो फेरी जेल्छ साह्रै  !
आउँछु भन्थे न्यानो काखले मातृत्वको छाँया दिन
डुंगा पाइन  तर्ने कतै  बढ्दै आको भेल्छ  साह्रै   !
छर्दै सुभाष फक्रिने छौ उषाका  ति लाली सरी
टाढैबाट लिनु आशिष देख्ने कहिले ?नेल्छ साह्रै  !
ज्ञान होला मेरै लागि ध्रुब सरी चम्काउन
बर्तमान हो भबिष्यलाई अतित नै बोल्छ साह्रै !!
लेखिका ;सुमित्रा पौडेल  भरतपुर चितवन
हाल ; इजरायल २०१०/११/१८

Posted by Butwalonline on 9:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for छोरी

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru