कतारमा ऋचाको करामत

चलचित्र ‘नाइँ नभन्नु ल’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नवनायिका ऋचा सिंह ठकुरीको नेपालमा धुँइधुँइती खोजी भइरहेको छ ।

उनको दोस्रो फिल्म ‘मनमनै मन पराएँ’ भर्खरै नेपालमा रिलिज भयो, तर त्यसकी नायिका ऋचाको अनुहारसम्म पनि देखिन्न । आखिर ऋचा कहाँ गइन त ?

कतिपयले उनलाई अष्ट्रेलिया त कतिले अमेरिका भासिएको अनुमान गरे । तर, केही संगीसित नेपालबाट उडेकी ऋचा भने अमेरिका हैन खाडी मुलुक कतारमा रहेको सूचना प्राप्त भएको छ ।

समाचारअनुसार ऋचाले अहिले त्यहाँको एक होटलमा डान्सरको रुपमा काम गरिरहेकी छन् । अभिनय र मोडलिङबाट पार नलागेपछि बिदेशी होटलमा डान्सरको जागिर खाएर बिदेशी मुद्रा कमाउनु नेपालका युवतीको पपुलर फेसन हो अहिले ।

त्यहि फेसनमा लागेकी छन नेपाली नायीका ऋचा पनि ।

दुई फिल्मबाट कुनै राम्रो स्यावासी नपाएपछि निराश बनेकी ऋचाले आगामी केही बर्ष बिदेशीसामु जिउ हल्लाएरै जीवन गुजार्ने सोंचा बनाएको बताइएको छ । पछिल्लो समयमा मलेसिया, दुबई, सिंगापुर लगायतका देशमा नेपाली मोडलहरु नृत्यकारका रुपमा काम गरिरहेका छन् ।

Source:Onlinekhabar

Posted by Anonymous on 8:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कतारमा ऋचाको करामत

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru