भारतबाट असहयोग भएको महसुस गरें : प्रचण्ड
News 7:31 AM
१५ वैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीसँगै माओवादी र भारतको सम्वन्ध प्रगाढ भएपनि पछिल्लो समयमा भारतबाट सोचेअनुसार सहयोग नपाएको बताउनुभएको छ ।
भारतीय दैनिक पत्रिका द हिन्दुलाई दिनुभएको अन्र्तवार्तामा प्रचण्डले माओवादी नेतृत्वमा सरकार बनेपछि आफुले जनताको चाहनाअनुसार केही महत्वपूर्ण एजेण्डा उठाएपनि भारतीय पक्षबाट सहयोग नपाएको बताउनुभयो । ‘जव मैले यी काम गर्ने प्रयास गरें तव भारतले मलाई सहयोग नगरेको महसुस गरें जुन कुरा कटवाल काण्डमा आएर स्पष्ट भयो ।’ प्रचण्डको भनाई छ- त्यसैले १२ बुँदे समझदारी गर्दा हामीबीच जुनखालको न्यानो सम्बन्ध थियो पछि त्यो चिसिंदै गयो ।’
माओवादी र भारतवीचको सम्वन्ध सुधार हुनुपर्ने पक्षमा आफुहरु रहेपनि सम्वन्ध सुधार गर्ने मुख्य जिम्मेवारी भारतको भएको प्रचण्डको भनाई छ । सवैभन्दा ठूलो र परिवर्तनको बाहक शक्ति माओवादीलाई भारतले असहयोग गरेको प्रचण्डको भनाई छ । भारतीय बिदेशमन्त्री र बिदेशसचिवको हालैका भ्रमणका क्रममा असहमतिबारे खुलेर कुरा भएको प्रचण्डले बताउनुभयो ।
सेना समायोजनका लागि नेपाली सेनाले गरेको मिश्रित फोर्सको प्रस्ताव सकरात्मक भएको भन्दै प्रचण्डले मिश्रित फोर्स स्थापनको सहमति नजिक पुगिसकिएको बताउनुभयो । आफ्नो पार्टीको चाहना लडाकुको छुट्टै फोर्स भएपनि तत्काल त्यो सम्भव नभएकाले मिश्रित फोर्स स्थापनाका लागि माओवादी सहमत रहेको उहाँले बताउनुभयो । दलहरुवीच यसबारे सहमति भएपछि समायोजनमा जाने र नजाने लडाकुवीच रिग्रुपिङ सुरु हुने प्रचण्डको भनाई छ ।
सेना समायोजन र संबिधान निर्माण अन्तरसम्बन्धीत रहकोले एकीकृत मस्यौदा बनाउने र सेना समायोजनको मोडालिटी तय गर्ने काम संगसंगै गर्नुपर्ने माओवादी धारणा रहेको उहाँको भनाई छ । तर सेना समायोजन सकिएपछि मात्र संबिधान जारी गर्ने बिषयमा माओवादी सहमत रहेको प्रचण्डले बताउनुभयो ।
द हिन्दुमा बिहीवार प्रकाशित प्रशान्त झालाई दिएको अन्तर्वार्ताको भारतसम्बन्धी प्रश्नउत्तर जस्ताको तस्तै
माओवादी र भारतसरकारवीचको सम्बन्ध अहिले कस्तो छ ?
यो मामिलामा दुई तीनवटा पक्ष छन् । पहिलो कुरा हामी भारत बिरोधी हैनौं, नेपाल र भारतविच बिशिष्ट किसिमको सम्बन्ध छ, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र आर्थिकरुपमा पनि । यो सम्बन्धलाई कमजोर पार्नेबारे कसैले पनि सोच्न सक्दैन, हाम्रो पार्टीले पनि यो सम्बन्धलाई बलियो बनाउनपर्छ भन्ने नै बिश्वास गर्छ ।
१२ बुँदे समझदारी, शान्ति प्रकृया र संबिधानसभाको निर्वाचनमार्फत भारतले सहयोगी भूमिका खेल्यो । १२ बुँदे समझदारी जुन दिल्लीमा भयो, भारतको प्रत्यक्ष, अप्रत्यक्ष सहयोग नभएको भए त्यो सम्भव थिएन् । जव माओवादी संबिधानसभाबाट सवैभन्दा ठूलो पार्टी बन्यो, हामीले सरकारको नेतृत्व गर्यौं, तव जनताका मागलाई सम्बोधन गर्ने प्रयास गर्यौं । म प्रधानमन्त्रीका रुपमा भारत जाँदा पनि दुई मुलुकवीचको सम्बन्धलाई नयाँ ढंगले बिकाश गर्ने प्रस्ताव गरेको थिएँ । सन्धी, ब्यापार र सीमा लगायतका पुराना मुद्दालाई मैले उठाएँ । मैले नेपालमा पनि जनताका मागलाई सम्बोधन गर्ने प्रयास गरें चाहे सुरक्षा मामिला होस वा बिदेश नीति वा अर्थतन्त्र ।
जव मैले यी काम गर्ने प्रयास गरें तब मलाई भारतले सहयोग नगरेको महसुस गरें जुन कुरा कटवाल काण्डमा आएर स्पष्ट भयो । त्यसैले १२ बुँदे समझदारी गर्दा हामीवीच जुनखालको न्यानो सम्बन्ध थियो पछि त्यो चिसिदै गयो । हामीवीच जारी कन्फ्युजन, असमझदारी र मतभेद सुल्भिनुपर्छ र हाम्रो सम्बन्ध पुनः बलियो हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।
हालै भारतीय बिदेशमन्त्री एसएम कृष्णा र त्यसअघि बिदेशसचिव निरुपमा रावको भ्रमणका क्रममा हाम्रो खुलस्त कुरा भयो । मैले को बढि जिम्मेवार छ भन्ने मुद्दा उठाएँ । ठूलो मुलुक, उदाउँदो अर्थतन्त्र, अन्तरराष्ट्रिय शक्तिको खेलाडी हुनुका नाताले हामीवीचको सम्बन्धलाई सुधार गर्ने मुख्य जिम्मेवारी कसको हो भनेर मैले सोधेको थिएँ । भारतीय बिदेशमन्त्रीले पनि किन माओवादीले भारतविरोधी भावना फैलाइरहेको छ, किन भारतीय झण्डा जलाइरहेको छ, किन राजदूतमाथि आक्रमण भइरहेको छ भनेर जिज्ञासा राख्नुभयो । मैले भनें-हामी भारतीय झण्डाको सम्मान गछौं र भारतीय जनताको अपमान गर्नेबारे सोच्न पनि सक्दैनौं । भारतीय राजदूतलाई अबरोध पुराउने पनि पार्टीको नीति हैन । तर भारतले पनि बुझ्नुपर्छ कि देशको परिवर्तनको मुख्य बाहक र सबैभन्दा ठूलो दल माओवादीलाई आफ्ना कारण बाधा पुगेको छ कि छैन् । भारतको सुरक्षा र आर्थिक स्वार्थबारे हामी संबेदनशील छौं तर भारतले पनि सकरात्मक ढंगले सोच्नुपर्छ कि संक्रमणकालबाट गुज्रिरहेको मुलुकमा कसरी बिश्वास सिर्जना गर्ने भनेर । हामी चाहान्छौं दुवै पक्षले एक अर्काका चासोलाई बुझ्नुपर्छ ।
Source:Online Khabar