आजदेखि 'नो डिजिटल नम्बर प्लेट'
News 2:09 AM
काठमाडौ, वैशाख १ (नागरिक)-विगत दुई महिना देखि स्थगित गर्दै आएको डिजिटल नम्बर प्लेटको कारवाहीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाख एक गतेदेखि कडाईका साथ लागू गर्ने भएको छ। पहिलो चरणमा दुई सय रुपैयाँ जरिवानामार्फत कारवाहीलाई अगाडि बढाउने लागेको महाशाखाले तेश्रो पटकसम्ममा पनि नम्बर प्लेट नबदल्ने सवारीलाई मोबाइल कोर्ट अनुसार पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ।
डिजिटल नम्बर प्लेटका कारण सवारी पहिलचानमा समस्या आएपछि महाशाखाले गत फागुनमा यथाशिघ्र नम्बर प्लेट बदल्न सबै सवारीलाई निर्देशन दिएको थियो। तर समयअभावका कारण सर्वसाधारणलाई डिजिटल नम्बर प्लेट हटाएर हाते नम्बर प्लेट बनाउन समय लागेपछि महाशखाले उक्त म्यादलाई फागुन मसान्तसम्मको लागि सारेको थियो।
'त्यसबेला पनि सर्वसाधत्रारणले समय अपुग भएको गुासो गरेपछि त्यसलाई फेरी बढाएर चैत मसान्त बनाएका थियौ', महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक एवं प्रवक्ता जगतमान श्रेष्ठले भने,'अब भने हामी वैशाष एक गतेबाटै कारवाह्ी अगाडी बढाउनेछौ'। उनका अनुसार यसको लागि महाशखाले ३/४ दिन पहिले अध्ययन गरेको थियो। उक्त अध्ययनमा करिब एक प्रतिशतलेमात्र नम्बर प्लेट बदल्न बाकी राखेको महाशाखाले जनाएको छ।
'त्यो एक प्रतिशतले नम्बर प्लेटको नम्बर बदल्ने काम पनि १५ दिनमै सकिएला', प्रवक्ता श्रेष्ठले भने,'नसकिएको खण्डमा त्यसलाई कारवाही मार्फत भएपनि हटाएरै छोड्नेछौ'। उनका अनुसार करिब साढे पाच लाखको हाराहारीमा सवारी भएको उपत्यकामा करिब ६० प्रतिशत सवारीमा डिजिटल नम्बर प्लेट लगाइएको थियो।
तयस्ता डिजिटल नम्बर प्लेट दिउसोको समयमा टल्कने र रातीको समयमा सवारीको बत्तीका कारण नदिने हुनाले सवारी पहिचानमा समस्या आएपछि महाशखाले गत माघमा सार्वजनिक सुचना जारी उक्त नम्बर प्लेटको ठाउमा हाते नम्बर प्लेट राख्न निर्देशन दिएको थियो।
ठूलो तथा मझौला सवारीको हकमा तीन इन्च अग्लो र आधा इन्च मोटो हुनु हुनुका साथै १४ इन्च लामो, तिनपाग्रेको हकमा दुई इन्च अग्लो र आधा इन्च मोटो अक्षरका साथै १०/७ तथा मोटरसाइकलको हकमा दुई इन्च अग्लो अक्ष्रका साथमा ८/७ इन्च हुनु पर्ने यी नम्बर प्लेट हस्त लिखित नै हुनुपर्ने महाशखा बताउछन।
'यसलाई सवारी ऐनमा समेत उल्लेख गरिएकोले सवारीको पहिचान गर्न सजिलो बनाउनुका साथै ऐनलाई समेत पालना गराउन खोजेको हो', उनले नागरिकसित भने,'ऐनको पालना गराउन निश्चित समयमा दिदा पनि त्यसको पालना नगर्नेलाई भने अब कुनै हालतमा छोडिदैन'।
व्यवस्था नियमावली २०५४ को अनुसुची २ मै उल्लेख भएको यो व्यवस्थामा कुनै पनि सवारी साधनमा राखिने नम्बर प्लेट प्रष्ट बुझिने र नटल्कने हुनु पर्ने उल्लेख गरिएको छ।
Source:Nagarik News

Nepalese Rupee Converter