माओवादीले शान्ति र संविधानका लागि उच्चस्तरीय वार्ता थाल्ने

१७ वैशाख, काठमाडौँ । एकीकृत माओवादीले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउनका लागि प्रतिपक्षी कांग्रेस लगायतका दलहरुसित उच्चस्तरीय वार्ता गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डको नयाँबजारस्थित निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयत्न गर्ने भन्दै त्यस्तो निर्णय गरेको बैठकपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

‘संविधानसभाको सबैभन्दा ठूलो दल हुनुका नाताले शान्ति र संविधानका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्छ भन्ने निष्कर्षसहित कांग्रेस,एमाले र मधेसवादी लगायतका दलहरुसित शीर्ष स्तरमा छलफल गर्ने निर्णय भएको छ ।’ बैठकपछि भट्टराईले भन्नुभयो ।

आईतबार देखि नै दलहरुसित वार्ता सुरु गरिने उहाँको भनाई थियो ।

बैठकले शनिबार केन्द्रीय समितिले पारित गरेको शान्ति र संविधानको कार्यदिशा अनु्सारको राजनीतिक कार्यक्रमको खाका तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

स्रोतका अनुसार सोमबार बस्ने अर्को पदाधिकारी बैठकमा प्रचण्डले शान्ति र संविधान विरोधी तत्व सल्बलाएको निष्कर्षसहित त्यसको प्रतिकारका लागि जेठ १४ अघि जनस्तरबाट दवाव मुलक कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव ल्याउने तयारी गर्नु भएको छ ।

यस्तै बैठकले कांग्रेस लगायतका प्रतिपक्षमा रहेका दलहरुलार्य वर्तमान सरकारमा सामेल भएर राष्ट्रिय सहमतिको स्वरुप लिन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सरकारले ल्याउन लागेको अग्रीम बजेट र त्यसको प्रतिरोध गर्ने कांग्रेसलगायत प्रतिपक्षी दलहरुको निर्णय, सरकारमा पठाउने थप मन्त्रीहरुको नाम छनोट लगायका विषयमा पनि छलफल भएको बुझिएको छ ।

मन्त्रीको नाम भने आगामी पदाधिकारी बैठकले गर्ने बताइएको छ ।

आफ्नै अगुवाईमा झलनाथ खनाल नेतृत्वमा सरकार गठन गरेको माओवादीले आन्तरिक विवादका कारण सरकार बनेको तीन महिना हुन लाग्दासमेत पार्टीका तर्फबाट सरकारमा सहभागी हुने सात मन्त्री र ११ राज्यमन्त्रीको अझै टुङ्गो लगाउन सकेको छैन ।
Source:onlinekhabar

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादीले शान्ति र संविधानका लागि उच्चस्तरीय वार्ता थाल्ने

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru