जेठ १४ अघि बजेट नल्याउन एमाले सभासदहरुको सुझाव

१६ वैशाख, काठमाडौं । सरकारले जेठ ९ गते बजेट ल्याउने तयारी गरिहेको बेला प्रधानमन्त्री झलनाथ खनालकै पार्टी नेकपा एमालेका सभासदहरुले भने जेठ १४ अघि बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा सभासदहरुले प्रतिपक्षी दलहरुको सहमति नभएको तथा शान्ति र संविधान निर्माणप्रक्रिया ओझेलमा पर्न सक्ने भन्दै तत्काल बजेट नल्याउन सुझाव दिएका हुन् । एमाले सभासद रविन्द्र अधिकारीले अनलाइनखबरसँग भन्नुभयो-’हामीले शान्ति र संविधानलाई पछडी पारेर बजेट नल्याउन सुझाव दिएका छौं ।’

बैठकमा प्रधानमन्त्री खनालले भने प्रतिपक्षीले विरोध गर्दैमा बजेटको तयारी नरोकिने बताउनु भएको थियो । ‘सरकारको कामकारवाहीको विरोध गर्नु प्रतिपक्षीको धर्म नै हो’ प्रधानमन्त्री खनालले भन्नुभयो-’विरोध गर्‍यो भन्दैमा केही नगरि बस्ने हो भने सरकारको के औचित्य ?’ प्रधानमन्त्री खनालले दलहरुबीच सहमति कायम गरी बजेट ल्याउन सरकार प्रयासरत रहेको भन्दै सर्वसम्मत भने हुने सम्भावना नरहेको बताउनु भयो । माओवादीको बैठकले शान्ति र संविधानको पक्षमा निर्णय गरेसँगे यो पि्रक्रियाले ठोस गति लिनेभन्दै उहाँले बजेट तथा शान्ति र संविधान संगसंगै अगाडि बढाउन सकिने बताउनु भयो ।

यसैगरी अर्थमन्त्री भारतमोहन अधिकारीले कांग्रेस सहितका प्रतिपक्षी दलहरुको सहमतिमा नै सरकारले बजेट ल्याउन लागेको जानकारी दिनुभयो ।

बैठकपछि एमाले प्रमुख सचेतक भीम आचार्यले सभासदहरुले शान्ति र संविधानमा ओझेलमा परि बजेट नल्याउन सुझाव दिएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
Source:Onlinekhabar

Posted by Butwalonline on 12:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जेठ १४ अघि बजेट नल्याउन एमाले सभासदहरुको सुझाव

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru