धूमपानले क्यान्सरसँगै गठिया पनि

काठमाडौ, वैशाख ३० -
स्वास्थ्यका लागि अत्यन्त घातक रहेको धूमपानले फोक्सोको क्यान्सर मात्र हैन, गठिया रोगसमेत निम्त्याउँछ । स्विडेनका अनुसन्धानकर्ताहरूले एउटा अध्ययनपछि यस्तो पत्ता लाएका हुन् । अनुसन्धानअनुसार प्रत्येक तीनवटा गठिया रोगीमध्ये एकलाई धूमपानकै कारणले यो रोग हुने देखिएको छ ।

अनुसन्धानमा आधाभन्दा बढी गठियाको रोगी जैविक कारणले हुने पनि खुलाइएको छ । धूपानले गठिया हुने कुरा १२ सय गठिया रोगीमा गरिएको अध्ययनपछि थाहा भएको

हो । यो अनुस्नधानमा १८ देखि ७० वर्षसम्मका व्यक्ति सामेल थिए ।

अनुसन्धानअनुसार ६१ प्रतिशत गठिया रोग आनुवांशिक कारणले हुन्छ । यसपछि भने धेरैजसो रोगी धूमपानबाट हुन्छ । २० चुरोटको दरले दिनहुँ २० वर्षसम्म सेवन गरेपछि मानिस सजिलै गठियाको फन्दामा पर्छ । यसरी गठियाको चपेटामा आउने खतरा अढाइ गुणा बढ्छ । तर धूमपान गर्दा सबैभन्दा बढी खतरा फोक्सोको क्यान्सरको हुन्छ ।

यसअघि गरिएको अनुसन्धानअनुसार धूमपानले फोक्सोको क्यान्सर हुने खतरा ९० प्रतिशत हुने देखिएको थियो । यसको दाँजोमा गठियाको खतरा धेरै कम छ । धूमपानले समेत गठिया हुन्छ भन्नेचाहिँ अहिलेसम्म खुलेको थिएन ।

Kantipur News

Posted by Anonymous on 10:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for धूमपानले क्यान्सरसँगै गठिया पनि

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru