अविरल यात्रामा
Poem 2:41 AM
अविरल यात्रामा
लागेको घाऊ बल्झिए फेरी दुख्न पो थाल्छ कि !
तुयाँलो छायो बतास् ठुलो आइ पो हाल्छ कि !!
कसरी काटु अब यो यात्रा बिशाल छ सागर !
अड्याउने छैन यो डुंगा कतै देख्दिन बगर !!
टाढा म देखे कसैको छाँया अगाडी बढेको !
मुस्काउँदै दिए यी मेरा हात देख्या झन् डढेको !!
जलेको आत्मा निभाउने के ले भेट्दिन म कतै !
यो सेरोफेरो न क्यै छ कतै सुके झैँ सब पातै !!
उदाउँदों सूर्य छरेको किरण उषाको सागर !
सितका फूल नपाउँदै ताप खुशी छन् देखेर !!
छाउने पो होकी बहार कतै कल्पना आशाको !
गन्तब्य छैन यो जीवन यात्रा सुनौलो बासको !!
पर्यो कि कतै जुठोको छिटा यो चोखो नयनमा !
लागेको दाग मेटाउँन सकूँ नसकोस् बल्झन !!
औंसीको रात चाँदानी साथ धमिलो भए नी !
अविरल यात्रा रोकिन्न कही पर्खालै लाए नी !!
आँगन बनाई रोप्नुछ फूल त्यो आफ्नै माटोमा !
ठेसिला ढुंगा काट्दैछ पयर यात्राको बाटोमा !!
हिमालको काख प्रकृति सुन्दर झुलेका ती फाँट !
मुस्कान छर्दै अन्त्य होस् जीवन नडगोस् यो आँट !!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल इजरायल २०१०/१०/२३