बाध्यता
Poem 12:20 AM
काँडा बीचको फूल त्यसै,फूल्नै नपाई झर्यो,
खुल्न नपाउदै हाँसो-खुशी,बिदेशिनु पर्यो ।
तारे भीरको मुलको पानी,पिउनै नपाई सुक्यो,
पीर ब्यथा नै साथी भए,खुशी कता लुक्यो ।
बन्दकीमा डुबेको छ,आफ्नु डाँडा पाखा,
...गाह्रो हुन्छ बुझ्न सबै,बिदेशीका भाका ।
बिदेश ठूलो लक्ष्य भयो,डलर साट्नु पर्यो,
कति दिन भोक भोकै,रात काट्नु पर्यो ।
बाध्यता नै ठूलो भयो,रहर हाम्रो हैन्,
आशा सबै धुलो भयो,वहाँर आउने हो हैन ।