गजल
Poem 12:52 AM
सुन्दर थिए तिम्रा बाटा अनायासमै मोडेऊ किन ?
अस्तित्वको बेजोड पर्खाल बेहोस बनी फोडेऊ किन ?
प्रेमै प्रेमले गाँसिएको गला भरी माला दिए !
कालो देखे एउटै पत्र हारै तिमीले तोडेऊ किन ?
आकाशको कालो बादल टर्न सक्छ पानी बिना !
आवेगको जन्जिर लगाई बिष तिमीले छोडेऊ किन ?
झरनाबाट बग्दै थियो चिसो पानी तिम्रै लागि !
खडेरीले सुकेका फूल बिना पानी गोडेऊ किन ?
बगरमा हात समाई हिड्दा ठेस लागे पनि !
चोखो प्रेमको बन्धन तोडी तिमी आफै लडेऊ किन ?
मनका दर्द बिर्सिएर हाँसी बाँच्ने आधार थियो !
दु;ख सुख बाढौ भन्थेऊ नामर्द भै डडेऊ किन ?
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल