देशको समसामयिक परिस्थिति र इजरायल भित्रिन बाध्य नेपाली महिलाहरुको अबस्था
साथीको कलम 1:07 AM
वास्तबमा भन्नु पर्दा नेपाल कै खराब पक्ष गरिबी ,बेरोजगार ,असुरक्षा ,महंगी ,अशान्ति ,अराजनैतिकता जस्ता कारणहरुले ७/८ वर्ष देखि पुरुषहरु मात्र नभै लाखौ महिलाहरु बहु सांख्यिक मात्रामा कतार ,साउदी अरेबिया ,लेबनान ,बहरायन ,मलेशिया जस्ता खाडी मुलुकहरुमा कार्यरत छन् भने रोजगारीको लागि उत्तम गन्तब्य मानिएको मध्ये पुर्बी एसियाली मूलुक इजरायलमा १५/१६ हजार नेपाली कामदारहरु कार्यरत छन् ! जस मध्ये अनुमानित ७००० भन्दा बढी महिलाहरु कियर गिभर (बुढा बुढी तथा रोगीको स्याहार सुसार )सेवा कार्यमा कार्यरत छन् !
आफनै चुलो चौकोमा सिमित रही आफ्ना हक अधिकारबाट बन्चित भै पाईला अगाडी बढाउन नसकेका महिलाहरु स्थान र अवसर पाए हिक्मत र साहसका साथ पुरुष सरह विभिन्न क्षेत्रमा सहभागी भै पारिवारिक उत्तरदायित्व बहन गर्दै समाज र देशको सर्वांगीण बिकाशको लागि सक्षम छन् भन्ने कुरा हाम्रा सामु प्रसस्तै उदाहरणहरु देखापरिसकेका छन् !ता पनि गरिब र अभावको जिन्दगीबाट छुट्कारा पाउन र भविष्यको सुनौलो सपना पुरा गर्न विदेशीयका नेपाली महिलाहरु खाडी मूलुक लगायत इजरायलबाट पनि आफ्ना सपनालाई चकनाचुर पार्दै भोगेका दु;ख ,पिडा ,दर्दहरुका कथा र बेदनाहरु बोकेर स्वदेश नफर्किएका पनि छैनन् !
हाम्रो देशको समसायिक परिस्थितिले नेपाली जनताहरुमा ठुला अभाबको सिर्जना हुन गई ती अभाबहरुलाई परिपूर्ति गर्न नेपाली युवा युवतीहरुका पौरखी हातहरु बिदेशीहरुको गुलामी बनिरहेका छन् अर्को तिर हाम्रा बाल बालिकाहरु आमाको न्यानो काखको अभाबले रोहिरहेका छन् भने आमाहरु आफ्ना बाल बच्चाहरुको नजरबाट जिउँदै मरे सरह भै बिदेशीको चाकरी ,गुलामी र तुच्छ बचनका शिकार बनि बाँचिरहेका छन् तर बाध्यता छ ,बिबसता छ ,लाचार भएर सहनु भन्दा अर्को कुनै बिकल्प छैन किनकि हामीले महसुस गरिरहेका छौ हामीलाई रोजगारीको अवसर प्राप्त भईरहेको छ !यी सबै देश कै राजनैतिक अस्थिरताले बनाएका खाडलहरू हुन् भन्न हामी कुनै संकोच मान्दैनौ !

हामी आफ्नै कथा ब्यथा बोकेर भविष्यको सुनौलो सपनाको कल्पना गर्दै इजरायल भित्रिएका हौ ! यो देश बिकाशोन्मुख भएका कारण हामीले रोजगारीको अवसर प्राप्त गर्नु भनेको हाम्रो अशिक्षा र गरिबीको प्रमुख कारण पनि हो ! यहाँको भौगोलिक बाताबरण र परिस्थिति ,मान्छेका बसाई ,भाषा ,रहन -सहन ,नेपाली जनजीवन भन्दा भिन्न भएका हुँदा घुलमेल हुन कठोर परिश्रम गर्नु पर्ने अबस्थाको सृजनाले काम अनुसारको पारिश्रमिकमा असर नपरिरहेको पनि होईन !
इजरायलमा कियर गिभरको काम भनेको हातमा कलम लिएर कुर्चीमा बस्दै तोकिएको समय अनुसार नभै २४ घण्टा उनीहरु ( बुढा बुढी तथा रोगीहरु ) प्रति आफ्नो नजर पुर्याएर ईमान्दारी तथा लगनशीलताका साथ निगरानी गरी आबस्यता पुरा गर्ने हाम्रो काम र कर्तब्य हो ! हामीमा जस्तो सुकै काम आई परेता पनि गर्नु पर्ने हाम्रो बाध्यता छ !आफु भित्र जति पिडा र बेदना भए पनि भित्र लुकाएर हामी हाँस्न खोज्छौ तर हाम्रा निर्दोषी आँखामा लुकेका भयले उनीहरुले हाम्रो बास्तविकतालाई थाह पाउँछन् तर पनि हामीहरुलाई उनीहरुको ब्यबहारिक क्रियाकलापसँग घुलमिल हुन बाध्य गराउँछ !

इजरायललाई संसार मै छिट्टो बिकशित भएको मूलुक मध्ये एक मानिन्छ ! यहाँ ६० % यहुदी धर्माबलम्बीहरु रहेका छन् भने ४० % अन्य धर्मबलाम्बिहरु पर्दछन् ! इजरायल प्रजातान्तिक र महिला स्वतन्त्रताको मूलुक भएको हुँदा महिलाहरुको अग्रसरता ,भूमिका ,अधिकार र यहाँका प्रविधिहरू भाषाको ज्ञान साथै धर्म र संस्कृतिले हामीलाई ठुलो शिक्षा दिएको छ ! हामी सोचिरहेका छौ हाम्रा बाल बच्चालाई टुहुरो बनाएर परिवार र देश छाड्न बाध्य भएता पनि हामीले धेरै कुराहरु सिक्ने अवसर मात्र नभै रोगी र बुढा बुढीको सेवा कार्यमा तल्लिन भएका हुँदा उनीहरुको सिहार सुसारको पद्दति , यहाँका मानिसमा लाग्ने रोगहरु र साधारण उपचार सम्बन्धी ज्ञान हासिल गर्ने अबसरहरु पनि प्राप्त गरिरहेका छौ ! जब स्वदेश फर्कने छौ आफ्नो दक्षता र सिपलाई सदुपयोग गर्ने बाताबरणको टट्कारो खाँचोको महसुस गरिरहेका छौ ! समाज र देशको हित तथा बिकाशको लागि पुरुष र महिलाको समान सहभागिता नभए सम्म बिकाशको मुल धारमा समाहित हुन सक्दैन भन्ने हाम्रा यथार्थहरु हाम्रा अगाडी नै छन् !
यहाँका कतिपय मानिसहरुमा राक्षसी पन , स्वार्थी भाबना साथै परिवारमा काम गर्नु पर्ने भएको हुँदा हामीलाई यिनीहरुले हेर्ने दृष्टिकोण तुच्छ नभएको पनि होईन तर पनि हाम्रै बाध्याता र बिबसताले घुलमिल र लाचार हुन बाध्य बनाईरहेको छ ! यसै शिलसिलामा यहाँ काममा संङ्लग्न कतिपए महिलाहरु दु;खको जंघारमा जेलिएर आफुलाई पागलपनमा परिरण गरिरहेका छन् भने कति रोगी तथा शारिरीक कमजोर भएका छन् त कतिले ज्यान पनि गुमाई सकेका छन् '''धान कुटिन्छ चामलमा बिया त अबस्य हुन्छ नै ''''तर बास्तबमा भन्नु पर्दा लगभग ६० % महिलाहरु सिप र दक्षताका खानी बनि सकेका छन् !
बिगत ४ /५ वर्ष यता नेपाली कामदारहरुको हक हितका लागि संघ संगठन स्थापना नभएको पनि होईन तर होडबाजी र नेपालीत्वको खिचातानीले धेरै नेतृत्व कर्ताहरुलाई जन्म दिदै आज सम्म धेरै संघ संगठनहरु उम्रिसकेता पनि खासै उपलब्धि गर्न नसकेका यथार्थहरु थुप्रै भै सकेका छन् ! समग्र रुपमा भन्नु पर्दा संघ संगठनको काम प्रति सन्तोष लिने कामदारहरु धेरै न्यून देखिएका छन् ! आजको यो संघ संगठन प्रतिको होडबाजीले कामदारको नेतृत्व कर्ता प्रतिको बिश्वास र बैदेशिक रोजगारको छबिलाई नै असर नपार्ला भन्न सकिदैन ! गत केही बर्ष अघि प्रबासी नेपालीहरुको हक हित र देशको सम्वृद्धिको उद्देश्य लिएर स्थापना भएको गैर आवासीय नेपाली संघ (एन आर एन ) को पहल सह्रानीय देखिएता पनि जब सम्म देशमा राजनैतिक स्थिरता र शान्तिको बाहाली हुदैन तब सम्म नेपाली जनतालाई जति सुकै आश्वासन दिए पनि त्यसको कार्यान्यन अबस्य हुन सक्दैन !त्यसैले आजको यो अबस्थामा संसार भरी छरिएर रहेका नेपालीहरुले हातेमालो गर्नु पर्ने बेला आईसकेको छ ! देशको सर्वांगिण बिकासको लागि आधा आकाश ढाकेका महिलाहरुको समान सहभागिताको पहल गरी नेपाली महिलाहरुको ज्ञान ,दक्षता र सिपको सदुपयोग गर्दै नेपाली समाजमा महिला प्रति गरिने भेद भाव र अन्धविश्वासलाई हटाउनु जरुरी छ !

हाम्रो नेपाली समाजमा अन्धविश्वास र महिला प्रति हेरिने गरिएको दृष्टिकोणले आफ्नो घर परिवार छाडेर बाहिर देश गएकी छोरी ,बुहारी ,दिदी बैनि ,श्रीमती नराम्रो पेशामा संङ्लग्न हुन्छन् उनीहरुले आफ्नो अस्मितालाई बेचेर धन आर्जन गरी रहेका हुन्छन् भन्ने कुरा नसुनिरहेका पनि होईनौ तर यो खराब पक्ष हाम्रो नेपाली समाजको हेराईको दृष्टिकोण हो ! हामीले सिधै भन्नु पर्दा सुरक्षाको दृष्टिकोणमा स्वदेशमा भन्दा धेरै सुरक्षित छौ ! यहाँको नियम र कानुनी ब्यबस्था हाम्रो देशको भन्दा धेरै उच्च छ ! यहाँको भेष भुषा र रहन सहनले कति पय नेपालीहरुलाई प्रभाबित पारिरहेको छ ! उनीहरु चाहन्छन् क्षणिक भए पनि यो संसारमा रमाउँन सकुं ,आफ्ना दु;खहरुलाई बिर्साउँन सकुं तर कतिपय आफ्नो देश आफ्नो बालबच्चालाई बिर्सदै उत्तरदायित्वलाई कुल्चिएर बर्तमानलाई मात्र ननियालेका पनि होईनन् तर नराम्रो पक्षलाई नहेरी इजरायलको भूमिमा सेवा कार्यमा कार्यरत हजारौं नेपाली महिलाहरुले हरेक समस्याहरुसँग जुद्दै आफ्नो हिक्मत र अदम्य साहसलाई अगाडी बढाईरहेका छन् !
यदि हामीहरुले आफुलाई शिक्षित सभ्य र राष्ट्र कै सचेत नागरिक ठानेर मिहेनत ,परिश्रम ,इमान्दारिता ,लगनशिलता र सिर्जनशीलतालाई अगाडी बढायौ भने अबस्य पनि इजरायका मात्र होईन संसारका हर कुनामा रहेका नेपालीहरुको चेतनामा बिकास हुन गै देशले सम्म काचुली फेर्न सक्ने सिर्जना अबस्य हुन सक्नेछ तर हर क्षेत्रमा आफ्नो कर्तब्य र बास्तविकताको परिस्थितिलाई बिर्शिएर उठाएका हाम्रा कदमहरुले क्षणिक उत्साह ,उमंग ,रोमान्चक त दिन सक्ला जब समय बित्दै जान्छ त्यसको दुष्परिणाम आफ्नो जीवनलाई नै घातक बन्न सक्छ भन्ने कुरा बिशेष मनन गर्दै आफ्नो परिवार र राष्ट्र प्रतिको उत्तरदायित्वलाई नबिर्षी चालिएका हाम्रा हरेक कदमहरु सफल बनाउनु आजको हाम्रो आबस्यता भएको छ !!
लेखिका ; श्रीमती सुमित्रा पौडेल चितवन
हाल ; इजरायल

रिना इजरायली आमालाई हुईल चियरमा घुमाउदै

इजरायली बाबा ,खुवाउदै

इजरायलको राजधानी जेरुसेलम /