Republica Former PM Bhattarai passes away



नेपाली काङ्ग्रेसले संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन

२१ फागुन, काठमाडौं ।

नेपाली काङ्ग्रेसका नेताहरुले संस्थापक नेता कृष्णप्रसाद भट्टराईले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भट्टराईको शव राखिएको ललितपुरको बाँणेगाउँस्थित आश्रममा शनिबार विहान पत्रकारहरुलाई प्रतिकृया दिँदै काङ्ग्रेस सभापति सुशील कोइरालाले सच्चा लोकतन्त्रवादी र निष्ठावान नेताको रुपमा भट्टराईलाई मुलुकले सँधै स्मरण गर्ने बताउनुभयो । भट्टराईको निधनले मुलुकलाई अतुलनीय क्षति पुगेको भन्दै कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै महामन्त्री प्रकाशमान सिंहले भट्टराईको निधनले देशभक्तिपूर्ण आन्दोलनलाई क्षति पुगेको भन्दै उहाँले देखाएको बाटोलाई काङ्ग्रेसले मार्ग दर्शनको रुपमा अङ्गाल्ने जानकारी दिनुभयो ।
भट्टराईलाई श्रद्धान्जली दिन काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु, राजनीतिक दलका नेताहरु र शुभेच्छुकको वाँणेगाउँस्थित आश्रममा भिड लागेको छ ।
काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसेर पूर्वसभापति भट्टराईको पार्थिव शरिरलाई केन्द्रीय कार्यालयमा राखेर श्रद्धान्जली व्यक्त गर्ने काङ्ग्रेसले जनाएको छ ।
Source:onlinekhabar

Posted by Anonymous on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for Republica Former PM Bhattarai passes away

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru