बम विस्फोटमा परि चार जनाको मृत्यु

१९ चैत्र, काठमाडौं । डोल्पा र हुम्लामा भएका बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ । डोल्पा सदरमुकाम दुनई-५ मेलसराका अक्कलबहादुर शाहीको घरमा विहान विस्फोट हुंदा आमा छोरीको मृत्यु भएको छ ।

मेअलसरास्थित अक्कलबहादुर शाहीको घरमा विहान साढे सात बजेतिर भएको विस्फोटमा परि २७ वषर्ीया चादनी चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटमा परि गम्भिर घाइते आमा गौरी शाहीको उपचारका क्रममा सदरमुकामस्थित अस्पतालमा मृत्यु भएको इनिस्पेक्टर विनीमहादेव पौडेलले जानकारी दिनुभयो ।

विस्फोटबाट घर ध्वस्त भएको छ । थप बम राखेको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । विस्फोटको कारण्ँ खुल्न सकेको छैन ।

यस्तै हुम्लाको सदरमुकाम सिमकोट देखि ७ कोष पश्चिम ठेहे गाविसको मानेचौरमा वेवारिसे वम पड्किदा दुई बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार भएको विस्फोटमा चक्रबहादुर बोहराकी ७ वषर्ीया छोरी रस्मीता र कर्ण बोहराका ८ वषर्ीय छोरा मानबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Source:Onlinekhabar

Posted by Anonymous on 10:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बम विस्फोटमा परि चार जनाको मृत्यु

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru