कुवेतमा किनबेच हुन्छन् नेपाली महिला
News 12:40 PM
काठमाडौ, चैत्र २० -
व्यक्ति पनि किनबेच गर्न मिल्छ ? मिल्दैन । तर कुवेत पुगेका नेपाली महिला कामदारहरू खरिद-बिक्री गरिन्छन् । उदेकलाग्दो पक्ष के हो भने उनीहरू सीप, योग्यताका आधारमा पैसा पाउँदैनन्, उनीहरूको दर भाषाको ज्ञानका आधारमा तोकिन्छ । एकपल्ट होइन, पटक-पटक उनीहरू बेचिन्छन् । कुवेतको त्यो दलदलबाट उम्केर स्वदेश फर्केका महिलाहरूले पीडा सुनाए, ँभाषा नजान्नेलाई तीन सय ६० दिनार -७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार -एक लाख पाँच हजार रुपैयाँ) मा किनबेच हुन्छ ।’
'हामीलाई त बिक्री गरिँदो रहेछ,' कुवेत सरकारको आममाफीमा परेर बल्लतल्ल घर आइपुगेकी कुसुम शर्माले यस्तो अनुभव सुनाइरहँदा सँगै रहेकी मोरङकी लक्ष्मी मगर निकै भावुक बनिन् ।
तीन वर्ष हाउसमेडको निकै कष्ट र जोखिमपूर्ण अनुभव लिएर फर्केकी गरामुनी-६ झापाकी कुसुमले कुवेतमा नेपाली महिला कानुनी रूपमा किनबेच हुने गरेको र पटक-पटक किनबेच गर्न महिलालाई भगाउने प्रवृति व्यापक रहेको बताइन् ।
त्यहाँ नेपाली महिलाको खरिद दर भाषाको ज्ञान र कामको अनुभवका आधार तोकिने गरेको छ । 'भाषा नजान्नेलाई तीन सय ६० दिनार -७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार -एक लाख पाँच हजार रुपैयाँ) मा किनबेच हुन्छ,' उनले भनिन्, 'कुवेतमा कानुनी म्यानपावर र गैरकानुनी धन्दा व्यापक छ ।'
कुवेत पुगेका महिलालाई कानुनी रूपमा खुलेका घरेलु कामदार आपूर्ति केन्द्रहरूले कुवेती साहूलाई बिक्री गर्छन् । 'मलाई सुरुमा ३ सय ६० मा बिक्री गरेछन्,' उनले भनिन्, 'अहिले कुवेती भाषा र कामको अनुभव छ । मलाई जोसुकै कुवेतीले सजिलै चार सय ८० दिनार तिर्न तयार हुन्छन् ।'
त्यसरी मालिकले दुई वर्षका लागि हाउसमेड लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्यसमय निश्चित हुँदैन । बिदा र तलबका साथै समयमै घर फिर्न नपाउने अवस्था छ ।
कुवेतस्थित राजदूत मधुवन पौडेलले यसबारे सम्बद्ध कम्पनीविरुद्ध लिखित निवेदन दिए कानुनी उपचार खोजिने बताए ।
कुवेतमा नेपाली महिलाको माग धेरै भएकाले पठाउनेले ठूलो कमिसन पाउँछन् । 'पठाएको तीन महिनासम्म जस्तोसुकै अप्ठ्यारो पर्दा पनि एजेन्सीले त्यही घरमा काममा लगाउँछ,' कुसुमले भनिन्, 'त्यसपछि भगाउन निकै तल्लीन हुन्छन् ।' उनले आफू त्यसको सिकार भएको बताइन् । 'तलब र कामको चाप सहन नसकेर घर छाडेर दुई पटक एजेन्सीमा पुगें । त्यसबेला फिर्ता पठाइयो । पछि दिनहुँजसो भाग्न दबाब आउँथ्यो,' उनले भनिन्, 'तलब नपाएको १३ महिनापछि घर छाडेर आएँ । साहू खोज्दै आयो । तर नआएको भन्दै साहूलाई फिर्ता पठाइदियो ।'
भागेर आएका महिलाहरूलाई एजेन्सीले छोटो अवधिका लागि गैरकानुनी रूपमा काममा लगाउने गर्छन् । राजदूत पौडेलले आर्थिक हैसियत भएका कुवेतीले मात्रै हाउसमेड राख्न पाउने बताए । 'दुई/तीन महिनाका लागि कामदार खोज्न आउने मालिकहरू थुप्रै हुन्छन् । त्यस्ता मालिकलाई हामीजस्ता गैरकानुनी कामदार पठाउँछन्,' कुसुमले अनुभव सुनाइन्, 'त्यहाँ काम गर्दा एजेन्सीले हाम्रो आधाभन्दा बढी तलब राखेर आधा मात्रै हामीले पाउने गरेका छौं ।'
उनका अनुसार नेपालीकै सहयोगमा यस्तो भइरहेको छ । 'मलगायत थुपै महिलालाई झापा गरामुनीकै रिता गुरुङले लैजाने, त्यहाँबाट भगाउने, काममा पठाउने र आधा तलब आफैं राख्ने गरेकी छिन्,' उनले भनिन्, 'त्यस्तो काममा उनी निकै अगाडि छिन् । उनीविरुद्ध म कानुनी बाटो खोज्नेछु ।'
दूतावासका अनुसार कामदार भगाउने र भाग्नेहरूको स्थिति विकराल छ । गैरकानुनी कामदारलाई स्वदेश फिर्न कुवेत सरकारले चार महिना -मार्चदेखि जुनसम्म) का लागि आममाफी दिएको छ ।
'एक महिनामा ट्राभल डकुमेन्ट बनाउन आउनेहरूको भीड हेर्दा दूतावासले थाम्न सक्ने अवस्था छैन,' राजदूत पौडेलले भने, 'झन्डै दुई हजार जनालाई स्वदेश जान ट्राभल डकुमेन्ट जारी भइसकेको छ । १७ सय जना सम्पर्कमा आएका छन् ।' कुवेतमा झन्डै ५२ हजार नेपाली कामदार छन् । तीमध्ये धेरैजसो महिला छन् ।
Source:Kantipur News