माओवादीलाई कुनै हालतमा गृह मन्त्रालय नदिने

२८ चैत, पर्वत । एमाले सचिव शंकर पोखरेलले माओवादीलाई कुनै हालतमा गृह मन्त्रालय नदिने जिकिर गर्नु भएको छ ।
प्रेस चौतारी पर्वतले सोमबार बिहान यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पोखरेलले शान्ति प्रकृया नटुङ्गएिसम्म माओवादीले गृह मन्त्रालय पाउनै नसक्ने ठोकुवा गर्नुभयो ।
गृह माओवादीलाई दिँदा शान्ति र संविधान खतरामा पर्ने भन्दै पोखरेलले गृह नपाए पनि माओवादी सरकारबाट नबाहिरिने दावी गर्नुभयो ।
उहाँले शान्ति र संविधान अहिलेको प्रमुख कार्यभार भएकाले जेठ १४ भित्र दलहरुका विचमा सहमति नभए गम्भीर संकट आउने चेतावनी पनि दिनुभयो । ठूला दलबीचमा सहमति भए राष्ट्रिय सरकार पनि बन्ने र संविधान पनि समयमै जारी हुने सचिव पोख्रेलको भनाई छ ।
Source:onlinekhabar

Posted by Anonymous on 8:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादीलाई कुनै हालतमा गृह मन्त्रालय नदिने

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru