ब्राह्मण समाजद्धारा पश्चिमाञ्चल बन्दको घोषणा

पर्वत, जेष्ठ ४ - ब्राह्मण समाजले आगामी जेठ ६ गत्ते पश्चिमाञ्चल बन्दको घोषणा गरेको छ । समाजले देशका कुनैपनि नागरिकलाई जातीय आधारमा विभेद गर्न नहुने, देशको प्रमुख जाति ब्राह्मणलाई अन्य जाति भनेर अपेक्षा गर्न नपाईने,यथाशिघ्र राम्रो र हाम्रो संविधान निर्माण गर्नु पर्ने लगायत माग राखि पश्चिमाञ्चलका १६ जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।
समाजले बुधबार पर्वत सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसंग शान्तिपूर्ण रुपले आफ्ना मागहरु अघि सारिए पनि वेवास्था गरेपछि बन्द गर्नुको विकल्प नभएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय सदस्य एवं अध्यक्ष लोकनाथ आचार्यले बन्द गरेर माग पुरा गर्न राजनैतिक दलले पाठ सिकाएका र आफूहरु पनि बाध्य भई माग पुरा गराउन राजनैतिक दलककै बाटोमा लागेको बताए ।
उनले बन्द शान्तिपूर्ण हुने र हस्तक्षेप गरे कडा संघर्षमा उत्रने जानकारी गराए । बन्दलाई सफल बनाउन बिहीबार सांझ पश्चिमाञ्चलका १६ ओटै जिल्लामा मसाल जुलुस निकालीने समाजले जनाएको छ ।
 
KantipurNews

Posted by Butwalonline on 9:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ब्राह्मण समाजद्धारा पश्चिमाञ्चल बन्दको घोषणा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru