बिबाह समारोहमा गोली चल्दा एकको मृत्यु

२९ वैशाख, वीरगञ्ज । पर्साको भरौराटार-८ मा बुधबार राति बिबाह समारोहमा गोली चल्ला एक जनाको ज्यान गएको छ । बिबाह समारोह चलिरहेका बेला खुसीयालीमा चलाएको गोली लागेर स्थानीय हरेन्द्र साह कानुको मृत्यु भएको हो । गोली लागि स्थानीय रामपि्रत पासवान घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका निरीक्षक किरण वोगटीले गम्भीर घाइते पासवानको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिनुभयो ।
मधुवनमथवल गाविसबाट भवराटारस्थित प्रेम साहको घरमा आएका जन्तीले हवाई फायर गरेको बताइएको छ । प्रहरीले हवाई फायर गर्ने पारस भनिने छेदु साह रौनियार र अर्का एक जानलाई पेस्तोलसहित पक्राउ गरेको छ । घटनाबारे छानविन जारी रहेको वोगटीले बताउनु भयो ।

Onlinekhabar

Posted by Anonymous on 10:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिबाह समारोहमा गोली चल्दा एकको मृत्यु

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru