कांग्रेसद्वारा सुनसरी र ताप्लेजुङ बन्द

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले आहृवान गरेको बन्दका कारण पूर्वका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक श्यामल सुब्वालाई कारवाही माग गर्दै कांग्रेस सुनसरीले आजदेखि अनिश्चितकालीन जिल्ला बन्द आहृवान गरेको हो ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शिक्षणसंस्था र कलकारखाना ठप्प छन् । कांग्रेस इटहरी नगर अध्यक्ष हेम कर्ण पौडेलले सुव्वाले कार्यक्षेत्र बाहिर गएर आफ्ना कार्यकर्तालाई यातना दिएकाले त्यसको विरोधमा बन्द आहृवान गरको बताउनु भयो ।

उता संखुवासभामा पनि नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आफ्नो कार्यकर्तालाई तत्काल रिहाइको माग गर्दै अनिश्चितकालिन जिल्ला बन्द गराएका छन् । बन्दका कारण विहानैदेखि सवारी साधन पूर्णरुपमा ठप्प छन् भने बजार पसल तथा शैक्षिक संस्था पनि खुलेका छैनन् ।

गत बैशाख १४ गते नगरपालीका तोडफोड गरेको विषयमा तरुण दलका कार्यकर्ता प्रनिस राइलाई प्रहरीले गिरफतार गरेको थियो ।
Source:Onlinekhabar

Posted by Anonymous on 9:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कांग्रेसद्वारा सुनसरी र ताप्लेजुङ बन्द

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru