आज १८औं मदन-आश्रित स्मृति दिवस


३ जेठ, काठमाडौँ । आज जेठ ३ गते । अर्थात तात्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको हत्या भएको १८ वर्ष पूरा भएको दिन ।

पोखरामा आयोजित पार्टीको आन्तरिक कार्यक्रममा भाग लिएर चितवन जाँदै गर्दा आजैको दिन २०५० साल जेठ ३ गते दास ढुंगामा रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी जननेताका नामले पनि चिनिनुहुन्थ्यो । मदन-आश्रति हत्याका एकमात्र जिवित साक्षी जिप चालक अमर लामाको पनि केही वर्षअघि किर्तिपुरमा रहस्यमय हत्या भइसकेको छ । हत्यामा सरकारको हात रहेको आरोपमा एमालेले तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला सरकार विरुद्ध चर्को आन्दोलन गरेको थियो ।

एमालेले पटकपटक हत्या छानविनका लागि गठन गरेका समितिहरुले तयार पारेका प्रतिवेदन अहिलेसम्म गुपचुप नै राखिएको छ । त्यसयता एमालेले तीन पटक सरकारको नेतृत्व गरेको छ भने कयौं पटक अरुको नेतृत्वमा सरकारमा सामेल भएको छ । तर, पनि हत्याबारे अहिलेसम्म सत्य थत्य बाहिर ल्याइएको छैन ।

एमालेले हरेक वर्ष झैं आज पनि राजधानीलगायत मुलुकभर विभिन्न कार्यक्रम गरी ‘मदन-आश्रित’ स्मृति दिवस मनाउँदै छ । यस वर्षको स्मृति दिवस विगतका तुलनामा भिन्न र सिर्जनात्मक हुने सो पार्टीले दावी गरेको छ । भण्डारी र आश्रितको हत्या भएको दिन जेठ ३ गतेलाई एमालेले मदन-आश्रित स्मृति दिवसको रूपमा मनाउँदै आएको छ । यसपटक दिवसको अवसर पारेर एमालेले भण्डारी र आश्रितको सम्झनामा मदन-आश्रित कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने जनाएको छ ।

Onlinekhabar

Posted by Anonymous on 10:25 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आज १८औं मदन-आश्रित स्मृति दिवस

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru