चालक निदाउँदा' काठमाडौँ आउँदै गरेको बस ७० फिट तल खस्यो

रामेश्वर कार्की, धादिङ, वैशाख २७- पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाविस ९ खयारघारीमा आज बिहान चार बजेतिर भएको बस दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
तिव्र गति र चालक निदाएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
बाग्लुङबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ९६८१ नम्बरको बस सडकबाट अन्दाजी ७० फिट तल महेसखोलामा पल्टिएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा बाग्लुङ जिल्ला माल्मा घर भई हाल भक्तपुर टेक्निकल कलेजका प्रिन्सिपल रहेका अन्दाजी ३५वर्षीय सूर्यबहादुर मल्ल रहेका छन्। अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बैरेनीले जनाएको छ।
घाइते सबैलाई उपचारका निम्ति काठमाडौँ लगिएको छ। घाइते हुनेहरुमा बाग्लुङ माल्मा ७ का शेरबहादुर साहनी, बाग्लुङ हरियाका गोकुल बोहारा, बाग्लुङ पिखुका अमर नेपाली, उनकी श्रीमति स्मृति र २ वर्षीय छोरा, बाग्लुङ बिउका कमल कंडेल, राजेन्द्र कंडेल, राजु कार्की, तनहुँ राइकोटका भवित्सन विक लगायत रहेका छन्।


NagarikNews

Posted by Anonymous on 9:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for चालक निदाउँदा' काठमाडौँ आउँदै गरेको बस ७० फिट तल खस्यो

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru