अधुरा चाहनाहरु

कल्पनाका,सुन्दर बागहरुमा,
 सम्झनाका,बिशाल मागहरुमा,
 जीवनका,उकाली ओरालीहरुमा,
 बिपना मै,देखेका मीठा सपनाहरु ।


मनका ति तरङ्गहरु, त्यसै त्यसै
तरङिदै,पवन झै, वहदा बहदै,
पहाड्सँग ठोकिएला कि, झै गरि
उडेका मनका,मीठा मीठा भावनाहरु ।

आफै माथि,प्रश्न माथिका प्रश्न झै
 कौतुहलपुर्ण,अकांक्षाहरु,कबिता,कथा
 अनि दु:ख पीडाका,गीत बनेर,
 अनयासै पोखिन्छन्,मनकामनाहरु ।

अतीत सम्झी,आँखाबाट् आँशु बर्षाउदै,
 जीवन संघर्षमा सधै, ज्यान घिस्राउदै,
समस्यै समस्याको,जन्जाल भित्र,भित्रै
 हराउछन्, मनका ति,अधुरा चाहनाहरु ।
 लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल 

Posted by Butwalonline on 2:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अधुरा चाहनाहरु

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru