जीप दुर्घटनामा ५ को मृत्यु, ३ घाइते


पाल्पा, पुस ९ - सिद्धार्थ राजमार्गको वुटवल-तानसेन सडक खण्डमा शुक्रवार विहान भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । गुल्मीको तुराङ्गबाट वुटवल हिडेको जीप विहान ४ बजे मस्याम गाविसको केरावारीमा दुर्घटना हुंदा ३ जना घाइते भएका छन् ।

लु १ च ३६६९ नम्वरको निजी जीप दुर्घटनामा परि चालक सल्यान हिवाल्चा, ५ का शेरबहादुर थापा, गुल्मीको तुराङ्ग गाविस, ४ का ६८ वर्षीया धनबहादुर बस्नेत, सोही गाविसका ५२ वर्षीया दिलबहादुर रजाली, सोही गाविस वडान १ निवासी ४७ वर्षका खगेश्वर अर्याल, सोही गाविसका २४ वर्षीया नारायण खनालको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त जीप राजमार्गबाट १ सय ५० मिटर तल खोलामा पुगेको छ । दुर्घटनामा घाइते भएका कमल अर्याल र आरती अर्यालको लुम्विनी मेडिकल कलेज प्रभास र देउकला अर्यालको लुम्विनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताईएको छ । बिहिवार सांझ ९ बजे गुल्मीको तुराङ्ग मझुवाबाट हिडेको जीप विहान ४ बजेतीर केरावारीमा आईपुग्दा दुर्घटना भएको हो । स्थानीय प्रकाश अर्यालका अनुसार दिलबहादुर रजालीको आमा वितेर मधेसतिर किरिया गर्न हिडेका थिए ।

राति नै दुर्घटना भएपनि घटनास्थल पत्ता लगाउन हम्मे हम्मे भएको ट्राफिक प्रहरी सहायक निरीक्षक रेशम रानाभाटले बताए । उनका अनुसार स्थानीयबासीको सहयोगमा १० बजेसम्म शवहरु एक ठाउँमा जम्मा गर्न सकिएको थियो । दुर्घटनास्थल अत्यधिक भिर भएकोले जोकोही पुग्न समस्या भएकोले उद्धारमा कठिनाई भएको उनले बताए ।

Source:कान्तिपुर दैनिक

Posted by Butwalonline on 10:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जीप दुर्घटनामा ५ को मृत्यु, ३ घाइते

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru