संवैधानिक समितीको विवाद समाधान उपसमितिको म्याद बैशाख सम्म थपियो
News 9:04 AM
१६ चैत्र,काठमाण्डौं । नयाँ संविधानमा रहेका विवाद समाधानका लागी गठित विवाद समाधान उपसमितीको म्याद बैशाख १ गते सम्मका लागी थपिएको छ । संवैधानिक समितीको आज बसकेा बैठकले म्याद थप गर्ने सर्वसम्मत निणर्य गरेको हो ।
गत फागुन १३ गते गठन भएको समितीको म्याद सकिएपछि यसअघि फागुन मसान्तमा पुन म्याद थप गरिएको थियो । यद्यपी विवाद समाधानका लागी गठित उपसमितीले हाल सम्म राज्यको पुर्नसंरचना, शाशकिय स्वरुप, संघियता लगायतका मुलभुत विषयमा सहमति जुटाउन सकेको छैन ।
बैठकपछि संवैधानिक समितीका सभापति निलाम्बर आचार्यले विवादका मुख्य विषयहरुमा छलफल नै नभएकोले म्याद थप गरिएको बताउनुभयो ।
यसैबिच एकीकृत नेकपा माओवादीले विवाद समाधान उपसमितीको संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्थानमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाइ राख्न प्रस्ताव गरको छ । यद्यपी अन्य दलहरुले भने बैठकमा माओवादी प्रस्तावको विरोध गरेका थिए । उनीहरुले माओवादी संविधान निमार्ण प्रक्रिायमा गैह्र जिम्मेमार बन्न लागको समेत आरोप लगाएका छन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयोजकमा आफु नबस्ने बताएका थिए । संयोजकको टुङ्गो भने भोली बस्ने तिन दलको बैठकले लगाउने बताइएको छ । माओवादी अध्यक्ष दाहाल संयोजक रहनु भएको समितिमा एमालेका बरिष्ट नेता माधव कुमार नेपाल, नेपाली कााग्रेसका संसदिय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरु सदस्य रहनु भएको छ ।