नयाँ नायिकाबीच कुस्ती !
News 9:11 AM
अक्सर दुई महिलाहरू लामो समयसम्म मिलेर बस्न सक्दैनन् रे ! यो कथन चलचित्र नगरीमा सोह्रै आना सत्य सावित हुँदै आएको छ । पुराना कुरा गर्दा मौसमी मल्ल र बिना बुढाथोकी अनि करिश्मा के.सी. (हाल मानन्धर) र कृष्टी के.सी. (हाल मैनाली) बीच पनि यस्तै खाले मनमुटाव देखिएको थियो । रेखा थापा र अरुणिमा लम्सालबीचको मित्रता पनि कटुतामा परिणत भएको धेरै भएको छैन ।
यसको ताजा उदाहरण भनेको दुई नवोदित नायिकाहरू सुषमा कार्की र सुमिना घिमिरेको हो । यी दुईबीच बाझाबाझ नै परेको चर्चा अहिले चलचित्रवृत्तमा चलिरहेको छ ।
सँगै काम गर्दा नायिकाहरू बीच प्रायः बाझाबाझको स्थिति आउँछ तर यी दुईले कुनै चलचित्रमा सँगै काम गरेका छैनन् । तैपनि बाझाबाझको स्थिति कसरी आयो त ? यसको एउटा रोचक प्रसङ्ग छ । यी दुई नायिका केही दिनअघि सम्पन्न एउटा फिल्मी एवार्ड कार्यक्रममा सँगै नाचेका थिए ।
त्यही नाचको अभ्यासको क्रममा असावधानीवश सुमिनाको हात सुषमामाथि लागेछ, क्यारे ! अनि त के चाहियो र निहुँ ? रिसाहा नायिकाको रूपमा चिनिएकी सुष्माले सुमिनामाथि बजाइहालिछन्, दनक । सुमिनाले पनि सुषमाको कपालसम्म त लुछ्न भ्याइन् । बल्ल तल्ल अरू सहभागी कलाकारले छुटाइदिएकाले मात्र ! नत्र के के हुन्थ्यो ?
Source:onlinekhabar