लेबनानमा नेपाली महिलाको हत्या
News 9:17 AM
काठमाडौ, चैत्र १५ -
घरेलु काममा लेबनानमा कार्यरत एक नेपाली महिलालाई सिरियाली नागरिकले हत्या गरेका छन् । दमक-१२ झापाकी २२ वषर्ीया गीता श्रेष्ठ -तामाङ) लाई अब्दुल करिमले विवाह गर्न दबाब दिएको भन्दै हत्या गरेका हुन् ।
घरेलु महिला निकै भएको लेबनानमा असुरक्षाको कारण देखाई सरकारले महिला कामदार पठाउन एक वर्षदेखि रोक लगाएको छ । 'हामीबीच शारीरिक सम्बन्ध थियो । गीताले आफू गर्भवती भएको भन्दै विवाह गर्न भनेकी थिइन्,' करिमलाई उद्धृत गर्दै लेबनानस्थित अवैतनिक महावाणिज्य दूतावासमा स्वंयसेविका रूपमा कार्यरत दीपेन्द्र उप्रेतीले भने, 'त्यसपछि मैले केही सोच्नै सकिनँ । सीधै हत्या गर्न पुगें ।'
घाँटीमा पासो लगाएको अवस्थामा गीताको शव आइतबार साँझ भेटिएको थियो । गीतालाई उनी कार्यरत घरमै हत्या गरिएको हो । 'सुरुमा आत्महत्या भनिएको थियो । हामीलाई चित्त बुझेन,' उप्रेतीले भने, 'थप अनुसन्धान हुनुपर्ने अडान राखेपछि हत्या पुष्टि भएको हो ।'
प्रहरीले ६/७ जनासँग सोधपुछ गर्दा एक नेपाली युवतीले गीता र करिमबीच सम्बन्ध भएको जानकारी दिएपछि प्रहरीले करिमलाई पक्राउ गरेको हो । उसलाई समात्न लेबनानको अध्यागमन विभागले झन्डै एक सयभन्दा बढी प्रहरी खटाएको थियो । सोमबार राति पक्राउ परेपछि उनले हत्याको जिम्मेवारी लिएको उप्रेतीले बताए ।
Source:Kantipur News