साईबाबाको निधन बुधबार राजकीय अन्त्येष्टि
News 2:12 AM
पुट्टपर्ती, वैशाख ११ -
भारतका चामत्कारिक धर्मगुरु सत्य साईबाबाको आइतबार निधन भएको छ । साईबाबाको मुटुको धड्कन बिहान करिब साढे ७ बजे रोकिएको उनको उपचारमा संलग्न मुख्य चिकित्सक एएन सफायाले जनाएका हुन् ।
८५ वषर्ीय साईबाबाको छाती र मृगौलामा समस्या आएपछि उनी मार्च २८ यता आफ्नै संस्थाको अस्पताल 'श्री सत्य साई इन्स्िटच्युट अफ हाइअर मेडिकल लर्निङ' मा उपचाररत थिए ।
गम्भीर बिरामी परेका साईबाबालाई भेन्टिलेटरमा राखिएको थियो । एक सातायता उनको स्वास्थ्य स्थिति झन् नाजुक भएको जनाइएको थियो । चिकित्सकहरूले उनको शरीरका अंगहरू क्रमशः निष्त्रिmय बन्दै गएको बताएका छन् । उनको उपचारका लागि आन्ध्रप्रदेश सरकारले हैदरावादबाट विशेषज्ञहरूको एक टोली पुट्टपर्ती झिकाएको थियो । तर पछिल्ला दुई दिनमा उनको शरीरमा उपचारको असर देखिन छाडेको चिकित्सकहरूले बताएका छन् ।
यसबीचमा उनको मृत्यु भइसके पनि घोषणा भने नगरिएको हल्लासमेत चलेको थियो । साईबाबा ट्रस्टले हल्लाको बारम्बार खण्डन गरेको थियो । केही भक्तहरूले उनको स्वास्थ्यबारे सही सूचना उपलब्ध गराउन भन्दै अदालतमा मुद्दासमेत हालेका थिए ।
साईबाबाको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । भक्तहरूको दर्शनका लागि उनको पार्थिव शरीर सोमबार र मंगलबार आश्रमस्थित साई कुलवन्त हलमा राखिने अधिकारीहरूले जनाएका छन् । उनको अन्तिम संस्कारसमेत सोही हलमा गरिने जनाइएको छ ।
भारत र विदेशका कैयौं ठूला राजनीतिज्ञ, न्यायाधीश, सुरक्षा अधिकारी, व्यापारी र खेलाडीलगायत साईबाबाका भक्त छन् । हजारौं भक्तहरू अहिले अन्तिम श्रद्धाञ्जलिका लागि साईबाबा आश्रम पुगिसकेका छन् ।
साईबाबाको निधनको खबरले पुट्टपर्ती बजार बिहानैदेखि बन्द छ भने सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । आन्ध्रप्रदेशका मुख्यमन्त्री किरण कुमार रेड्डी पनि पुट्टपर्ती आएका छन् ।
साईबाबाको निधनमा राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण ाडवाणीलगायतले शोक व्यक्त गरेका छन् । १९२६ को नोभेम्बर २३ मा जन्मिएका साईबाबालाई अनुयायीहरू भगवान्का अवतार मान्छन् । उनको सुरुको नाम सत्यनारायणन राजु हो । उनले आफूलाई श्रृद्धि साईबाबाको पुनर्जन्म बताउँदै आएका थिए ।
विशेषगरी आफ्नो चामत्कारिक शक्तिका कारण विश्वविख्यात साईबाबा सानैदेखि असाधारण प्रतिभाका थिए । उनले सन् १९४० को मे २३ मा घरका सदस्यलाई बोलाएर पहिलोपल्ट चकलेट र अन्य वस्तुहरू रहस्यमय ढंगले उत्पन्न गरेर देखाएका थिए । त्यो देखेर छोरो 'बोक्सो' भएको ठान्दै उनका बुबा चिन्तित भएका थिए । एक पटक त बुबाले हातमा लठ्ठी लिएर सोधे, 'तिमी को हौ ?' जवाफमा साईबाबाले भने, 'म साईबाबा हुँ ।' त्यसपछि उनले आफ्नो कसैसँग सांसारिक सम्बन्ध नभएको घोषणा गरे । १९४४ मा उनका अनुयायीले प्रशान्ति निलयम बनाए, जुन अहिले साईबाबाको आश्रम हो । ५० को दशकदेखि विश्वभर उनका अनुयायी बढ्दै गएका थिए ।
साईबाबाको निधनले श्री सत्य साई सेन्ट्रल ट्रस्टको स्वामित्व अब कसले लिने भन्ने प्रश्न निम्त्याएको छ । अनुमानित ९ अर्ब अमेरिकी डलर सम्पत्ति भएको ट्रस्टका अध्यक्ष साईबाबाले कसैलाई उत्तराधिकारी बनाएका थिएनन् ।
अब सम्पत्तिबारे उनका भतिजा आरजे रत्नाकरसहितका ट्रस्टका अन्य सदस्यहरूबीच रडाको मच्चिन सक्ने अनुमान गरिएको छ । धैरेले पूर्वप्रधानन्यायाधीश पी एन भगवतीलाई ट्रस्टका मालिक भएको हेर्न चाहेका छन् । उनीहरूबीच विवादले उग्र रूप लिए सरकारले आफ्नो नियन्त्रणमा लिन सक्ने पनि केहीको अनुमान छ ।
Source:Kantipur News

Nepalese Rupee Converter