वैशाख १९ बाट बजेट अधिवेशन नीति कार्यक्रम बैशाख २७ र बजेट जेठ ९ मा

१२ वैशाख, काठमाडौँ । व्यवस्थापिका- संसद्को दसौँ अधिवेशन आगामी वैशाख १९ गतेबाट सुरु हुने भएको छ । बजेट अधिवेशनका रुपमा समेत चिनिने यो अधिवेशनमा सरकारले आर्थिक बर्ष २०६८/६९ को बजेट पेश गर्ने कार्यक्रम छ ।

सोमाबार मध्यान्ह राष्ट्रपति डा. रामवरण यादवलाई भेटी प्रधानमन्त्री झलनाथ खनालले वैशाख १९ गते दिनको ३ बजे संसदको बर्षे अधिवेशन बोलाउन सिफारिस गर्नुभएको हो । प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले आजै बजेट अधिवेशनको आह्वान गर्नुभएको हो ।

अधिवेशन आह्वानसँगै संसद सचिवालयले नयाँ आर्थिक बर्षको बजेट पेश गर्ने तालिका समेत सार्बजनिक गरेको छ । जसअनुसार सरकारले जेठ ९ गते आर्थिक बर्ष २०६८/६९ को बजेट पेश गर्ने कार्यक्रम छ । त्यसअघि बैशाख २७ गते राष्ट्रपति डा. रामबरण यादवले सरकारको नीति तथा कार्यक्रम पेश गरिने छ ।

यसअघि सरकारले पुरक बजेट ल्याउने तयारी गरेको भएपनि हिउँदे अधिवेशन समाप्त नभएको र बिपक्षी दलको समेत तिब्र बिरोध भएकाले सो योजना बिचमै रोकी नयाँ बर्षको बजेट ल्याउने तयारी गरिएको थियो ।

अर्थमन्त्रालयले तयार पारेको पुरक बजेटलाई नै पूर्ण बजेटका रुपमा पेश गर्ने तयारी भइरहेको बताइएको छ । सत्ता साझेदार एकीकृत नेकपा माओवादीसंगको सहमतिमा केही लोकपि्रय कार्यक्रमहरु समावेश गरि बजेट ल्याउन लागिएको बताइएको छ । अघिल्ला बर्षहरुमा आर्थिक बर्ष सुरु भएपनि मात्रै बजेट पेश गर्ने गरिएपनि यसपटक पुरक बजेटको तयारीले गर्दा आर्थिक बर्ष सुरु नहुँदै नयाँ बजेट सार्बजनिक गर्न लागिएको हो ।
Source:Onlinekhabar

Posted by Anonymous on 2:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for वैशाख १९ बाट बजेट अधिवेशन नीति कार्यक्रम बैशाख २७ र बजेट जेठ ९ मा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru