माओवादीको बुई चढेर हिँडिरहे खनाल भिरबाट लड्ने

३ वैशाख, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी संविधान निर्माण र शान्तिप्रक्रिया विरोधी षड्यन्त्रमा लागेको आरेप लगाउनु भएको छ ।

दमौलीमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले माओवादी आफैले शान्ति र संविधान नचाहेपनि अरुलाई दोष दिँदै हिँडेको आरोप लगाउनु भयो ।

माओवादीले चिलले चल्ला लाने भयो भनेर स्यालले खोरबाट चल्ला चोरेझैँ गरिरहेको आरोप पौडेलको छ ।

माओवादी षड्यन्त्रको प्रमुख मतियारका रुपमा प्रधानमन्त्री झलनाथ खनाल रहेको आरोप लगाउँदै पौडेलले माओवादीको बुई चढेर हिँडिरहे खनाल भिरबाट लड्ने चेतावनी दिनुभयो ।

संविधान लेखनका क्रमममा देखिएका विवाद समाधानका लागि प्रचण्डलाई दुईपटकसम्म संयोजक बनाए पनि माओवादी भित्रैबाट काम गर्न नदिएर उहाँलाई निस्क्रिय पारिएको पौडेलको दावी छ ।

Source:Onlinekhabar

Posted by Anonymous on 9:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादीको बुई चढेर हिँडिरहे खनाल भिरबाट लड्ने

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru