१३ लाख बुझाउँदा पनि किशोर मुक्त गरिएनन्

राजविराज, वैशाख १४ -
सप्तरीको बरहीवीरपुर-५ की पुणिर्मादेवी साह ६ महिनायता रोएर दिन बताइरहेकी छन् ।

छोराको अपहरणपछि उनको यो हालत भएको हो ।

१७ वषर्ीय छोरा सन्जिप साहको गत कात्तिक २६ गते साँझ छठपूजा मनाइरहेका बेला ३/४ जनाको समूहले अपहरण गरेको थियो । अपहरणपछि गाउँकै केही व्यक्तिले मुक्त गराइदिने आश्वासनमा १३ लाख रुपैयाँ लिए पनि छोरा अझै बेखबर रहेको परिवारले जनाएको छ ।

कक्षा १० का विद्यार्थी सन्जिपको अपहरण भएपछि 'हमरा बेटा चाही, हमरा बेटा चाही भन्दै' रोएर दिन काट्दै आएकी छन् । घरमै रहेको जेठो छोरालाई पनि हत्याको धम्की आएको उनी बताउँछिन् । धम्कीकै कारण सन्जिप एसएलसी परीक्षामा समेत सहभागी हुन सकेनन् ।

पीडित परिवारले बुधबार घरमै पत्रकार सम्मेलन गरी छोराको मुक्तिको आग्रह गरेको छ । सन्जिपका दाजु रन्जितका अनुसार अपहरणपछि गाउँकै कृष्णदेव यादव, भोलेन्द्र यादव, धर्मदेव यादव, गुलाव शर्मा र फकिरा गाविसका अशोक यादवले 'तेरो भाइलाई मुक्त गराइदिन्छ'ु भनेर १३ लाख रुपैयाँ लगेका हुन् ।

फिरौतीका लागि भएभरको जायजेथा सक्ने गरी खर्च जोहो गरेका साह परिवारको अहिले बिचल्ली छ । २० वषर्ीया छोरी रन्जनाको बिहेका लागि जोहो गरी राखेको रकममा दुई कठ्ठा जग्गा बेचेर फिरौतीबापतको रकम बुझाए पनि छोरो मुक्त नहुँदा मर्नु न बाँच्नुको अवस्था भएको अपहरितका पिता जगरनाथी साहले बताए । गाउँ समाजमै 'पञ्चायती' बस्दा भोलेन्द्रसहितका पाँच जनाले थप दुई लाख रुपैयाँ दिए दुई

दिनभित्रै ल्याइदिने जनाएका थिए । तर हाल उनीहरू सबै फरार

भएको 'पञ्चायतीमा' सहभागी एमालेका जिल्ला सदस्य रामचन्द्र यादवले बताए ।

प्रहरी निरीक्षक भुवनेश्वर साहले विद्यार्थी साहको खोजी भइरहेको जनाए । बरहीवीरपुरकै कृष्णदेव यादव र भोलेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धानपछि छाडिएको पनि उनले बताए ।
Source:kantipur News

Posted by Butwalonline on 7:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for १३ लाख बुझाउँदा पनि किशोर मुक्त गरिएनन्

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru