अर्थमन्त्रीले सहसचिवलाई जवाफ दिन लगाए

काठमाडौ, चैत्र १७ -
'आन्तरिक राजस्वका महानिर्देशक यहीं हुनुहुन्छ, पत्रकार साथीहरूलाई भनिदिनुस् के नक्कली भ्याट बिलमा दबाब दिएको छु ?' बिहीबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी महानिर्देशक राजन खनाललाई विषय प्रस्ट्याउन अर्थमन्त्री भरतमोहन अधिकारीले निर्देशन दिए । तत्काल खनालले जवाफ फर्काए, 'मैले कुनै दबाब झेल्नुपरेको छैन ।'

बिहान ८ बजे बोलाएको सार्वजनिक लेखा समितिमा सचिव रामेश्वर खनाल राजीनामा प्रकरणको जानकारी दिन अनुपस्थित अर्थमन्त्रीले साढे तीन घन्टापछि साढे ११ बजे पत्रकार सम्मेलन आयोजना गरेका थिए । लेखा समितिमा उनको भनाइ सुन्न नपाएका पत्रकार अर्थ मन्त्रालय वरिपरि साढे ३ घन्टासम्म कुरेका थिए ।

समयभन्दा करिब १० मिनेट ढिलो गरी सम्मेलन सुरु भयो । मन्त्रालयको तेस्रो तलामा रहेको हलमा पत्रकारभन्दा कर्मचारी बढी थिए । अर्थमन्त्रीले के बोल्छन् भनेर उत्सुक पत्रकार जिल्ल परे जब विवादमा आएका विषयको स्पष्टीकरण सम्बन्धित अधिकारीलाई दिन लगाइयो ।

खनाल जानकारी दिन राम्रै तयारीमा थिए । नक्कली बिलमार्फत सरकारले असुलउपर गर्न सक्ने रकमबारे जानकारी दिए । 'यो प्रक्रिया अब कसैले चाहेर पनि रोक्न सक्दैन,' उनको दाबी थियो । मन्त्रीले आन्तरिक राजस्व विभाग पुगेर अनुसन्धानको निरीक्षण गर्दा प्रभावित भएको सुनाए । यस्तो अपराधमा संलग्न कर्मचारीलाई पनि कारबाही गर्नुपर्छ भनेको छु,' उनले थपे । सचिव राजीनामा प्रकरणमा आफूमाथि नक्कली बिल, युनिटी, क्यासिनोलाई छुट दिन दबाब दिएको आरोप लगाइएको उनको गुनासो थियो ।

सम्मेलनको सुरुमै भर्खरै राजस्व अनुसन्धान विभागका महानिर्देशकमा नियुक्त भएका शान्तबहादुर श्रेष्ठलाई युनिटी लाइफ इन्टरनेसनलबारे बोल्न अह्राएका थिए । उनको पनि उस्तै जवाफ, 'माननीय मन्त्रीज्यू युनिटीको छानबिन भइरहेको छ ।' उनको भनाइ सकिएलगत्तै अर्थमन्त्रीले पनि भने, 'नक्कली बिलमा संलग्नलाई कडा कारबाही हुन्छ ।'

प्रमुख सञ्चार माध्यमका प्रतिनिधिलाई बुधबार मात्र आफ््नो कार्यकक्षमा बोलाएर  स्पष्टीकरण दिएका अर्थमन्त्रीले सम्बन्धित अधिकृतबाटै स्पष्टीकरण दिन लगाएर आफू निष्कलंक भएको देखाउने प्रयासमा थिए । तल्लो तहका कर्मचारीको सरुवाबारे भन्सार विभागबाट सरुवा भई मन्त्रालय आएका नवराज भण्डारीले प्रस्ट्याए । मन्त्रीकै अघि दबाबबारे बोल्ने हिम्मत उनले पनि गरेनन्् । भने, 'सरुवामा मन्त्रीज्यूको कुनै दबाब थिएन ।' 'दुई वर्ष अवधि पुगेका कर्मचारीको फागुनभित्र सरुवा गर्नुपर्ने कानुनी व्यवस्था भएकाले गरिएको हो,' उनले भने, 'यो नियमित प्रक्रिया हो ।' कर्मचारीले घरपायक तथा बढुवामा नम्बर जोडिने दुर्गम -तातोपानी) ताकेकाले केही दबाब परेको भन्दै उनले मन्त्रीको बचाउ गरेका थिए । 

यही विषयमा बोल्न अर्थमन्त्रीले फेरि खनाललाई निर्देशन दिएपछि यस सरुवा प्रक्रियामा कर्मचारी युनियनले आप्mनो सूची

-लिस्ट) दिएको विषय सही भएको बताए । 'तर मैले नहुने विषय हुँुदैन भनेर प्रस्टै भनेको उनले भने । यसै विषयलाई थप प्रस्ट््याउन अर्थमन्त्रीले राजस्व सचिव कृष्णहरि बाँस्कोटालाई भने पनि उनले अन्त्यमा जानकारी दिने बताउँदै प्रशासन शाखा प्रमुख विष्णु लम्साललाई निर्देशन दिए । उनले अवधि पुगेका कर्मचारीले सरुवा हुन चाहेको अड््डाको नाम टिपाउने चलन रहेको बताए ।

युनिटी र क्यासिनोको बारेमा थप प्रस्ट््याउने पालो थियो राजस्व सचिव बाँस्कोटाको । उनले क्यासिनोको विषय पर्यटन मन्त्रालय पुगेको बताए । युनिटीको पनि कारबाही भइरहेको बताए । अब पालो पत्रकारको प्रश्न सोध्ने । 'मन्त्रीजीकै अगाडि कर्मचारीले मन्त्रीको लाइन -धार) भन्दा बाहिर बोल्ने अपेक्षा त गरेका थिएनौं,' पत्रकारहरूको यो टिप्पणीमा मन्त्री अधिकारीले सामान्य प्रतिक्रिया जनाए, 'ए त्यसोभए म बाहिर जानुपर्ने रहेछ ।' अर्थ मन्त्रालयको हलमा छोटो समयमा देखिएको यो क्रियाकलापपछि पत्रकारहरू अब थप प्रश्न सोध्ने मुडमा देखिँदैनथे । यी विषय अर्थमन्त्रीले बुधबार पनि मिडियासामु प्रस्ट पारेकै थिए ।

आफ््नो ३१ वर्षको कार्यकालमा सधैं इमान्दारिता प्रदर्शन गरेका खनाल किन एकाएक बाहिरिए ? बुधबार दिउँसो २ बजे

उनले आफ््नो फेसबुकमा राखेको प्रतिक्रियाले पत्रकार सम्मेलनका कुरा पत्याउन कठिन

छ । उनले फेसबुकमा लेखेका छन््, 'म

लुकेको छैन, म ट्रेकिङमा छु, यहाँ दुर्भाग्यपूर्ण कुरा के छ भने सधैं मोबाइल नेटवर्क

लाग्दैन । मैले शक्तिका लागि लोभी र पापी व्यक्तिहरू हरेक दिनजसो भेट््नुपथ्र्यो,

तिनीहरूसँग सधैं कठिन हुन्थ्यो । त्यस्तैमा मैले निरुत्साही ८ वर्ष बिताएँ ।'

Source:Kantipur News

Posted by Butwalonline on 1:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्थमन्त्रीले सहसचिवलाई जवाफ दिन लगाए

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru