Home / /

क्वालालम्पुर, चैत्र ५ -
उद्धारमा भएको ढिलाइका कारण कम्पनीले निकालेपछि तीन सातादेखि अलपत्र डेढ सय नेपालीको अवस्था दयनीय बन्दै गएको छ । जाहोरस्थित सेरी गार्मेन्ट कम्पनीले करिब दुई सय नेपाली कामदारलाई तीन साताअघि बिनासूचना कामबाट निकालेको थियो । करिब ५० जना भने स्वदेश फर्किएका छन् । कामबाट निकालेपछि अरू कुनै कम्पनीमा समेत कामको प्रबन्ध मिलाउन मेनपावर कम्पनीले खासै चासो नदेखाएका कारण उनीहरूको स्थिति निकै दयनीय बन्दै गएको हो ।

कम्पनीले कामदारका लागि उपलब्ध गराएको खाना पकाउने ग्यास र पि|mजलगायत सामग्री सोमबार खोसेर लगेको छ ।

दोभान-७, नुवाकोट घर भएका अलपत्रमध्येका लोकनाथ बस्यालले शुक्रबार कान्तिपुरसित टेलिफोनमा भने, 'खाना पकाउन दिएको ग्यासचुलो र पि|mजजस्ता सामानहरू कम्पनीले खोसेर लगेको छ । कोठामा खाना पकाउन नसकिने भएकाले हामी होटलमा दैनिक एकछाक मात्रै खाएर बस्न बाध्य भएका छौं । साथमा पैसा नभएकाले खानण्समेत समस्या छ ।' कम्पनीले कामबाट किन निकाल्यो भन्ने अझैसम्म प्रस्ट हुन सकेको छैन । 'हामीलाई कम्पनीले निकालेको तीन साता भइसक्यो, अझैसम्म पनि न त नयाँ अरू कुनै कम्पनीमा काम दिलाइएको छ, न त घर फर्काउनकै लागि कुनै पहल नै । हामी बिचल्लीमा परेका छौं । मेनपावर कम्पनीले समेत हाम्रो समस्या समाधानका लागि खासै चासो देखाएको छैन,' बस्यालले भने ।

विराट ओभरसिज, लक्की ओभरसिज, फ््युजन इन्टरनेसनल, ह््युमर ओभरसिज र शेर्पा इन्टरनेसनललगायत मेनपवार कम्पनीमार्फत विभिन्न समयमा दुई सयभन्दा बढीको संख्यामा नेपाली उक्त गार्मेन्ट कम्पनीमा आएका थिए । मेनपावर कम्पनीले पनि अलपत्र उनीहरूलाई उद्धारको पहल गरेको छैन ।

बस्यालका अनुसार अलपत्र २ सयमध्ये ५० जना बिहीबार नेपाल फर्किसकेका छन्् । 'धेरै लामो समयदेखि काम गरेका पुराना ५० जना साथी नेपाल फर्किए । हामीहरूको पासपोर्ट यहाँस्थित स्थानीय एजेन्टसँग छ,' उनले भने, 'हामी पनि स्वदेश र्फकन चाहन्छौं, पासपोर्ट दिनुपर्‍यो भन्दा कम्पनीले प्रतिव्यक्ति १५ सय रिंगेट -३३ हजार रुपैयाँ) दिएमात्र पासपोर्ट दिन्छु, भन्छ । पैसा छैन, हामी एकदमै अप्ठ््यारोमा परेका छौं ।'

उनले अलपत्र स्थितिबाट उद्धार गरी सकुशल स्वदेश फर्काउन सहयोग गरिदिन नेपाली दूतावास तथा विभिन्न संघसंस्थाहरूलाई आग्रह गरे ।

अलपत्र नेपालीले समस्या समाधानका लागि एक साताअघि यहाँस्थित नेपाली दूतावासमा समेत सम्पर्क गरेका थिए । दूतावासका श्रम सहचारी सूर्यप्रसाद भण्डारीले समस्या समाधानका लागि पहल भइरहेको बताए

Posted by Butwalonline on 1:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru