१ सय २२ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ वैशाख, काठमाडौं । ‘विश्वका मजदुर एक हौं’ भन्ने नाराका साथ आज १ सय २२ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ । दिवसका अखिल नेपाल ट्रेड युनियन महासंघ पेशागत महासंघ नेपाल जिफन्ट ट्रेड युनियन कांग्रेस स्वतन्त्र लगायतका मजदुर संघ संगठनले सभा र् याली लगायतका विभिन्न कार्यक्रम गरिरहेका छन् ।

अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री झलनाथ खनालले नेपाली श्रमिक वर्गले मुलुकलाई आर्थिक क्रान्तिको दिशामा अघि बढाउँदै समृद्ध राष्ट्र निर्माणको अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गर्नुभएको छ । मुलुक जटील संक्रमणकालमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले शान्तिपूर्ण क्रान्तिको उपलब्धीलाई संस्थागत गर्न देशका संवाहक शक्तिहरुबीच एकता र सहकार्यको खाँचो औंल्याउनु भएको छ ।
Source:onlinekhabar

Posted by Butwalonline on 8:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for १ सय २२ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru