किशोर-किशोरी र यौन-शिक्षा
Health 8:18 AM
प्रदीप मेन्याङ्बो
सपना, महत्त्वाकांक्षा र जीवनको योजना नबनाइने बाल्यकाल अभिभावकको निगरानीमा बितेको हुन्छ, तर जब किशोर उमेर सुरु हुन्छ सुनौलो सपना पनि मन-मस्तिष्कमा आउन थाल्छ । त्यसबेला किशोर-किशोरीहरूमा सामान्य बानी, रुचि, हिंडडुल गर्ने शैली, खानपान, विचार, प्रस्तुति सबैमा परिवर्तन देखा पर्न थाल्छ । किशोर उमेरमा उनीहरूले सामान्यतः निम्न माध्यमिक र माध्यमिक तहको ज्ञान पाएका हुन्छन् । सुनौलो भविष्यसँगै प्रेम, क्यारियर तथा पहिचानको खोजी पनि यसैबेला सुरु हुन्छ । केही लजाउने, केही डराउने, तर उत्सुकता धेरै भएको अवस्था हो यो । विपरीत लिङ्गीप्रति आकषिर्त हुने उर्वर समय पनि यही हो ।
मानव रुचिमध्ये प्रेमपछि यौनसम्बन्ध सबैभन्दा बढी कौतूहलताको विषय मानिन्छ । यो विषय पनि उनीहरूले रहस्य र रोमाञ्चकताको तहमा राखेर जिज्ञासु नजर र मन दौडाउँछन् । यौनलाई बुझ्न मानसिक, शारीरिक, भावनात्मक रूपमै लालायित बन्ने उमेर हो किशोर उमेर । हिजोआज यौन छताछुल्ल छ । अव्यवस्थित छ, अर्थात् यौन अराजकता बढेको छ । किशोर-किशोरीहरू यौनप्रति उत्सुक र सचेत बन्न सामाजिक एवं पारिवारिक, सहरिया वातावरणले प्रेरित भैरहेका छन्, तर सही जानकारी पाउन सकिरहेका छैनन् ।
उनीहरूको यौन जिज्ञासा मेट्ने गरी विद्यालयमा यौनशिक्षा दिने कुनै पाठ्यक्रम तयार पारिएका छैनन् । किशोर-किशोरीको यौनप्रतिको जिज्ञासा, कौतूहलताजस्ता प्रश्नको जवाफ न अभिभावकले दिने गरेका छन् न त शिक्षकले । सामाजिक एवं पारिवारिक संस्कारअनुसार यौनका बारेमा अभिभावकहरूसँग खुलेर सोध्ने हिम्मत कमै कुनै किशोर-किशोरीमा होला । सरल ढंगले विज्ञानसम्मत व्याख्या गरेर किशोर-किशोरीको चित्त बुझाउन पनि कसैले सकेका छैनन् ।
कतैबाट पनि यौनसम्बन्धी जानकारी नपाएपछि विकल्पमा उनीहरू चलचित्र, यौन पत्रपत्रिका, उपन्यासका भरमा यौन जिज्ञासालाई थोरै भए पनि शान्त बनाउने प्रयास गरिन्छ । 'आधा गाग्रो पानी धेरै छचल्किन्छ' भन्ने उखानजस्तै उनीहरू पनि यौनको अधुरो ज्ञान लिएर विकृतिमा लाग्न सक्ने सम्भावना धेरै हुन्छ ।
किशोर-किशोरीको मन, आँखा र सोचलाई यौन जिज्ञासा हासिल गर्ने कुराबाट टाढा राखिए उनीहरूमा यौन विकृति उत्पन्न हुन सक्ने भएकाले बेलैमा सोच्नु आवश्यक हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार किशोर-किशोरीहरूलाई सरल शैलीमा यौनज्ञान दिने उपाय धेरै छन् । जस्तै शारीरिक अङ्ग, तथा यौन प्रजनन स्वास्थ्यसम्बन्धी आधिकारिक पुस्तक पढ्न दिएर पनि उनीहरूको यौनजिज्ञासा मेट्न सकिन्छ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गोष्ठी, सेन्टिमिटरनारजस्ता कार्यक्रममा बराबर सहभागी गराए पनि उनीहरूले भेरै कुरा बुझ्न सक्छन् । यौनज्ञान र शिक्षा दिने मन्दिरका टुूडालमा खोपिएका मूर्ति, चित्र देखाएर पनि उनीहरूको यौनजिज्ञासालाई कम गर्न सकिन्छ ।
यौनशिक्षा दिनुअघि किशोर-किशोरीलाई सही परिभाषा बुझाउन बिर्सन नहुने यौन शिक्षविद्हरूले बताउँदै आएका छन् । यौनको नाममा नैतिकताहीन, अश्लीलता प्रदर्शनतर्फ भने प्रेरित गर्नु हँुदैन । यौनशिक्षामार्फत यसको आवश्यकता, महत्त्वका बारेमा सही जानकारी दिन सके किशोर-किशोरीहरू यौन विचलनबाट मुक्त हुन सक्छन् । यौन शिक्षा दिनुको अर्थ केवल यौन समागम वा सम्भोग कलाको ज्ञान दिनु होइन, सही यौनशिक्षाको असर र विकृत यौन गतिविधिका बारेमा जानकारी दिनु, शरीर र स्वास्थ्यका बारेमा बताउनु पनि हो ।
गलत संगतमा परेका किशोर-किशोरीहरूमाथि निरन्तर निगरानी राख्नु आवश्यक छ । किशोर उमेरमा प्रवेश गरेका छोरा-छोरीले कस्ता टेलिभिजन कार्यक्रम हेर्दै छन् ? उनीहरूको संगत कस्तो छ ? वयस्क चलचित्र हेर्ने गरेका छन् ? कस्तो पुस्तक पढ्दैछन् ? फोन वा मोबाइलमा कोसँग कस्तो गफ कति लामो समयसम्म गर्दैछन् ? कोठा बन्द गरेर एक्लै वा विपरीत लिङ्गी साथीसँग लामो समयसम्म बसेका छन् कि छैनन् ? राति नसुती बस्ने गरेका छन् कि ? अङ्ग प्रदर्शन हुने अति छोटा स्कर्ट, अगाडिका वक्षका अधिकांश भाग देखिने पहिरन, पेन्टी देखाउने र शालिन संवादको सट्टा सार्वजनिक स्थलमा, घरमा, छाडा शब्द बोल्ने गरेका छन् कि ? जस्ता बानी-बेहोरालाई अभिभावकले निरन्तर निगरानीमा राख्नुपर्छ ।
किशोर-किशोरीमा यस्ता असामान्य र अस्वाभाविक लाग्ने बानी-बेहोरा देखिए तत्काल आमाले छोरीलाई र बाबुले छोरालाई नरम शैलीमा सम्झाए समाधानको उपाय चाँडै निस्कन सक्छ । गाली गरे वा हिंसात्मक उपाय अपनाए अभिभावक र छोरा-छोरीबीच संवादहीनता बढेर जान्छ ।
किशोर-किशोरीलाई स्पस्ट रूपमा यौनशिक्षा नदिएका कारण यौन विकृति बढेको छ । यौनाङ्गका बारेमा जानकारी नभएका किशोरीहरू पहिलो पटक रजस्वला भएको बेला रगत देखेर बिरामी भएको भनेर आत्तिएका घटना धेरै छन् । त्यस्तै राति सुतेको बेला अचानक स्वप्नदोष हँुदा शारीरिक विकृति भएको मान्ने र कमजोर महसुस गर्ने किशोरहरू पनि थुप्रै छन् । शिक्षक वा अभिभावकले किशोर-किशोरीलाई विकृत यौनबाट मुक्त गर्न रजस्वला, स्वप्नदोष, किशोर उमेरमा हुने यौनाङ्गमा परिवर्तन, यौन प्रजनन स्वास्थ्य, सुरक्षित यौनसम्बन्ध, सुरक्षित गर्भपतन, हस्तमैथुन, असुरक्षित गर्भपतन, गर्भनिरोधक साधन आदिका बारेमा सही जानकारी दिनु आवश्यक छ ।
यस्ता विषयमा बेलैमा जानकारी दिए युवावस्थामा प्रवेश गर्ने बेलामा गरिने यौनसम्बन्धी गल्तीबाट बचाउन सकिने यौन शिक्षा परामर्शदातृहरूको भनाइ छ । सही यौनशिक्षाले किशोरी उमेरमा हुने असुरक्षित गर्भ बोक्ने स्थितिलाई पनि रोक्न सकिन्छ । मनोविज्ञहरू भन्छन्— 'यौन शिक्षाले किशोर-किशोरीहरू यौनसम्बन्धी गलत धारणालाई खारेज गर्दै आत्मविश्वासी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।'