यहाँ
Poem 2:20 PM
थाह छैन तिमीलाई कति रुन्छ मन यहाँ
नघोचिदेऊ वचन बाणले बेहोसिन्छ तन यहाँ !
देख्दिन म हल्लिएको बोट तिर पात हेर्दा
हावा हुरी चल्छ भित्र साहस बढ्छ झन यहाँ !
सुन्न मन लाग्छ पिडा तर बन्छ खातै खात
दु;ख दर्दका चोटहरु एउटै बोल्छ भन यहाँ !
न हाँसो छ हेर्दा कतै न खुशी छ आँशु मात्रै
रगत बगे सरी बग्छ त्यही हो लाग्छ धन यहाँ !
स्वार्थ किन जता ततै मानवता छैन कि त ?
हजारौं छन् मेरा जस्तै बिष पिउने जन यहाँ !
दियो बाली शान्तिको बिज छर्न भन्देऊ आमालाई
गुन्द्रुक ढिडो आफ्नै मिठो कति पर्नु रन यहाँ !
ऊ जुनिको फल होकी ,देशका हुन् कि नेता पापी ?
नरक परी देख्दैछु म राक्षसीको पन यहाँ !!!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०/११/१९