प्रियंकाका छ विवाह
News 5:45 AM
नयाँ फिल्म सात खुन माफमा सातवटा विवाह गरेकी प्रियंका चोपडाले असल जिन्दगीमा कम्तिमा पनि छ पटक विवाह गर्ने घोषणा गरेकी छन् । तर ती सबै विवाह भने एउटै व्याक्तिसँग मात्र हुनेछ । फेशन पत्रिका हार्पर बजारको नयाँ अंकमा कुराकानी गर्दै प्रियंकाले आफ्नो योजना सार्वजनिक गरेकी हुन । बलिउडमा विवाहका लागि सबैभन्दा योग्य कुमारीको उपाधि पाएकी प्रियंकाले छ वटा विवाह फरक फरक स्थानमा फरक फरक रितिरिवाजमा गर्न चाहेकी छन् । प्रियंकाका अनुसार छ वटा विवाहमध्ये पहिलो विवाह अम्बालास्थित हजुरबुवाको घरमा भारतीय परम्परा अनुसार ठूलो विवाह समारोह हुनेछ ।
त्यसबाहेक पि्रयंकाले त्यही दुलाहासँग अष्ट्रेलियाको ग्रेट ब्रिटेन रिफमा पानीको तल विवाह गर्नेछिन् । त्यसैगरी लस भेगासको चर्चमा कालो रंगको पोशाक लगाएर विवाह गर्नेछिन् । स्विजरल्याण्डको लकानौ चर्चमा भने उनी परिजस्तो भएर विवाह गर्नेछिन् भने उनले एउटा मुस्लिम परम्परा अनुसार निकाह पनि गर्नेछिन् । यति धेरै घोषणा गरेपछि पि्रयंकाको अन्तिम वाक्य थियो तर यी सबै अहिले हुनेछैनन्, यसका लागि पर्खनुपर्नेछ । तर कति दिन यो कुरा त पि्रयंकाले पनि बताइनन् ।
Source:onlinekhabar