झरनाको प्यारो 'हनी'

फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन १९, बिहिवार

नायिका झरना थापालाई आजभोली आफ्नो प्यारो 'हनी' लाई माया गर्न मै फुर्सद छैन ।  'हनी' को स्याहार सुसार र माया गर्न व्यस्त झरनालाई अरूको खासै मतलव पनि छैन । नायिका झरना थापा जहाँ जान्छिन् 'हनी' लाई पनि साथमा नै लान्छिन् ।


दुई महिना अघि चलचित्र 'सायद' को छायाँकनका लागि मुडे जाँदा उनलाई त्यहाँका एक स्थानियले भर्खरै जन्मेको कुकुर गिफ्ट दिएका रहेछन् । त्यहि कुकुरलाई अहिले उनी आफ्नी छोरी जस्तै गरि माया गर्छिन् । हरेक चलचित्रको छायाँकन स्पटमा उनले उक्त कुकुरलाई साथमा लैजान्छिन् । उनको कुकुर 'हनी' लाई स्याहार गर्न उनले आफ्नी असिष्टेन्ट देवुलाई पनि साथमा नै लैजान्छिन् ।


घरमा 'बोस' र 'म्याक्स' नाम गरेका दुई कुकुर हुँदाहुँदै पनि उनले दुई महिनाको कुकुरलाई नै माया गर्छिन् । उनका श्रीमान सुनिल कुमार थापाले शुरूमा गाली गरेपनि अहिले उनले पनि धेरै माया गर्ने झरनाको भनाई छ । झरना भन्छिन्, 'पहिलो दिन त श्रीमान ज्यू को निकै डर लाग्यो तर पछि उहाँले पनि माया गरेको देख्दा खुसी लागेको छ ।' झरना थप्छिन्, 'अहिले त उहाँले मलाई भन्दा पनि 'हनी' नै बढी माया गर्नुहुन्छ ।' झरनाले अहिले सो कुकुरलाई आफ्नै काखमा राखेर सुताउने गर्छिन् ।

कुकुर पाल्न निकै सौखिन मानिने झरना सानै देखि कुकुरलाई माया गर्ने गरेको बताउँछिन् । कुकुरले घरको सुरक्षा मात्र हैन शोभा पनि बढाउने झरनाको भनाई छ ।
 Source:filmykhabar

Posted by Anonymous on 6:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for झरनाको प्यारो 'हनी'

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru