हाइ काढ्नु सामान्य होइन
Health 1:20 AM
हाइ काढ्नु सामान्य होइन
हाइ काढ्नुलाई सामान्य प्रक्रिया मानेर निद्रा वा आलस्यसित जोडिन्छ। वैज्ञानिक रूपले यो प्रक्रियालाई केही अलग ढंगबाट पनि परिभाषित गर्न थालिएको छ। संक्रमणकारी शक्ति नै हाइ आउनुको सबैभन्दा विलक्षण पक्ष हो। हाइको भावलाई यौनको चरमसुख वा हाछ्यँुसित मिलाएर यसको आन्तरिक सम्बन्धका बारेमा अध्ययन जारी छ। हाइसँगै आङ तन्काउने क्रिया तथा शरीरमा कसिलोपन आउने कुरा पनि वैज्ञानिकहरूका लागि आश्चर्यको विषय भएको छ। वैज्ञानिकहरूले यसको अध्ययन गरेर मस्तिष्क स्ट्रोकका पीडितहरूको उपचार गर्न सकिने आशा गरेका छन्। जसमध्ये युस्टेचियन ट्युब खोल्नु, आँसु निकाल्नु, फोक्सो फुल्नु एवं आलस्यता लोप हुनु प्रमुख हो। चिकित्सा क्षेत्रमा हाइका यी पक्षहरूको विश्लेषण 'ओटिज्म सिजोप|ेनिया' एवं मस्तिष्कलाई क्षति पुर्याउने अन्य रोगहरूको कारण बुझ्न भैरहेको छ।
हाइको संक्रमण
हाइले मानिसको व्यवहारमा अचानक आउने परिवर्तनलाई दर्शाउँछ। यो जागृत अवस्थाबाट निद्रातर्फ बढ्नु निद्राबाट जाग्नु कुनै प्रक्रियाको पूर्व संकेत एवं कामुकताको संकेत हो। यो एउटा गतिविधिबाट अर्को गतिविधितर्फ जाने सूक्ष्म प्राकृतिक संकेत हो। मानिसले अन्य मेरुदण्ड भएका प्राणीले जस्तै हाइ काढ्छन्। स्तनधारी जन्तुबाहेक मेरुदण्ड नभएका सबै प्राणीले हाइ काढ्छन्। यिनमा सर्प, माछा, कछुवा, सिंह एवं पक्षीहरू पनि छन्।
हाइको जन्म
हाइको जन्म प्रसवभन्दा पहिले भ्रुण विकासको पहिलो त्रैमासिकको अन्तदेखि नै सुरु हुन्छ। हाइको औसत अवधि छ सेकेन्ड हुन्छ। यद्यपि यो अवधि साढे तीन सेकेन्डदेखि औसत अवधिको समयभन्दा केही लामो हुनसक्छ। रोचक कुरा के छ भने हाइ कहिल्यै आधा वा अधूरो हुँदैन। हाइजस्ता स्थायी क्रियाको विशिष्ट गति हुन्छ तथा त्यसलाई यत्तिकै पचाउन सकिँदैन। हाइ समूहमा आउँछ र त्यो आउने अवधि सामान्यतः ६८ सेकेन्डको अन्तरालमा हुन्छ। हाइ सासको बाटोमा आवागमन एवं मुख खोल्नेमा मात्र सीमित छैन। यो क्रियामा तन्त्रिका, हृदय क्ष्ाेत्र तथा साससम्बन्धी अन्य प्रणाली पनि प्रभावित हुन्छन्। यो शरीरभित्रका एन्ड्रोजन एवं अक्सी टोसिनबाट प्रारम्भ हुन्छ र सेक्ससम्बन्धी कारक हार्माेन्स तथा गतिविधिसित जोडिएर रहन्छ।
बि्रटिस न्युरोलोजिस्ट सर प|ान्सिस बोल्ससले गरेको प्रयोगअनुसार स्ट्रोकका पीडितलाई जब हाइ आउँछ तब उनीहरूको प्यारालाइज्ड हात त्यत्तिकै उठ्न वा हलचल गर्न थाल्छ। न्युरोलोजिस्टहरू यसलाई आफ्नो भाषामा एसोसिएटेड रिस्पोन्स अर्थात् सहायक प्रतिक्रिया भन्छन्। वैज्ञानिक अनुमानअनुसार प्यारालाइज्ड अङ्गलाई घेरिएको मस्तिष्क एवं मेरुदण्डको प्रणालीका बीचको बेकार हुनबाट बचेको एवं अचेतन ढंगबाट नियन्त्रित हुने सम्पर्कबाट हाइ जागृत हुन्छ। समग्रमा यो प्रक्रिया वैज्ञानिकहरूका लागि अध्ययनको चमत्कारी विषय बन्न पुगेको छ।
Source:nari saptahik






