युवाहरूको भविष्य खतरामा

सुसुनीसुनीता बराल ता बराल नीता बराल
बालापनबाट वयस्क हुने क्रममा युवाहरूमा विकसित हुने हार्मोनले शारीरिक एवं मानसिक स्थितिमा तीव्र परिवर्तन ल्याउँछ। यतिबेला मनोभावनामा पनि उथलपुथल आउँछ, त्यसैले मनोवैज्ञानिकहरूले यसलाई आँधीबेहरीको समय पनि भनेका छन्। जीवनको महत्त्वपूर्ण निर्णय लिने समय पनि यही हो।

 सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न अन्तर्राष्ट्रिय जनसंख्या तथा विकाससम्बन्धी सम्मेलनले यौन तथा प्रजनन शिक्षा युवाहरूका लागि महत्त्वपूर्ण भएको ठहर गर्‍यो। त्यसपछि यौनशिक्षालाई किशोर-किशोरीको उज्ज्वल भविष्य एवं कर्मठ र जिम्मेवार अभिभावक निर्माण केन्दि्रत भयो। विश्वमा १० देखि २४ वर्षसम्मका युवाहरूको जनसंख्या करिब १ अर्ब ७ करोड छ। विश्वको यो ठूलो हिस्सा भोलि गएर प्रौढावस्थामा पुग्नेछ। यौनप्रति सचेत नभएको अवस्थामा यो जनसंख्या पुस्तान्तरको समस्या बन्न सक्छ। युवाहरूका लागि रोजगारी सिर्जना गर्न वा स्वावलम्बी बनाउन विशेष गरी अविकसित तथा विकासोन्मुख राष्ट्रहरूलाई गाह्रो हुने कुरा स्वतः अनुमान गर्न सकिन्छ। विश्वका धेरैजसो क्षेत्रमा विवाहपूर्व यौनसम्पर्क राख्ने युवायुवतीहरूकोे संख्या वृद्धि भैरहेको छ साथै ढिलो विवाह गर्नेहरूको जमात पनि बढेको छ।

समाजका क्रियाकलाप दिनहुँ खुला हुँदैछन्, जसलाई स्वतन्त्रता तथा मनोरञ्जनको उपमा दिइएको पाइन्छ। एक अध्ययनअनुसार एसियाली क्षेत्रका २ देखि ११ प्रतिशत महिलाले १८ वर्षभित्र, ल्याटिन अमेरिकाका १२ देखि ४४ प्रतिशत महिलाले १६ वर्षभित्र यौनसम्पर्क राखिसकेका हुन्छन्। त्यसैगरी पुरुष युवाहरूमा एसियाका २४ देखि ७५ प्रतिशत १८ वर्षभित्र, ल्याटिन अमेरिकाका ४४ देखि ४६ प्रतिशतले १६ वर्ष पूरा  नहुँदै यौनसम्पर्क स्थापित गरिसकेका हुन्छन्।

विकसित राष्ट्रका प्रायःजसो युवायुवतीले २० वर्षभित्र यौनसम्पर्कको अनुभव गरिसकेका हुन्छन्। तथ्यांक हेर्दा किशोर-किशोरीहरूमा खुलापन आएको सजिलै अनुमान गर्न सकिन्छ, तर वास्तवमा युवामध्ये सबैले स्वेच्छाले यौनसम्पर्क राखेको पाइँदैन। कतिपय बलपूर्वक गर्छन् भने कतिले अज्ञानता, प्रयोग र अनुभवका लागि कलिलो उमेरमै यौनसम्पर्क राख्ने गरेको पाइन्छ।

 नेपालको सन्दर्भमा भने यौनशिक्षाको इतिहास लामो छैन। नेपालमा यौनिकतासम्बन्धी औपचारिक शिक्षा सन्््््् १९८० देखि मात्र सुरु भएको पाइन्छ। हाल नेपालमा १० देखि १९ वर्षका किशोर-किशोरीको संख्या करिब ६३ लाख छ, युवाहरू करिब ८८ लाख छन्, जसमा करिब १४ प्रतिशत महिलाको विवाह १५ वर्षको उमेरमा र करिब ४२ प्रतिशत महिलाको विवाह १५ देखि १९ वर्षको बीचमा भएको पाइन्छ ९ाबअत कजभभत लभउब द्दिण्ण्ड०। हाल सहरी तथा अर्धसहरी क्षेत्रको वृद्घसिँगै इन्टरनेटको विकासले केटाकेटीहरू स्वतन्त्र रूपले यौन क्रियाकलापका दृश्यहरू हेर्न सक्छन्। त्यसैगरी नीला चलचित्र, पत्रपत्रिका, टिभी आदिले पनि केटाकेटीलाई चाँडै यौनक्रियाकलापमा होमिन आकषिर्त गरेको पाइन्छ।

युनेस्कोका अनुसार नेपालमा पनि १८ वर्षमुनिका धेरै केटाकेटी यौन व्यवहारमा लाग्ने गरेको पाइएको छ। कतिपय किशोर-किशोरीहरू हतारमा वा नशालु पदार्थको सेवन गरी यौनसम्पर्कमा होमिएका पाइन्छन्। फलस्वरूप अनिच्छित गर्भ रहने, गर्भपतन गराउनुपर्ने, किशोरावस्थामै आमा बन्न बाध्य हुनुपर्ने भएकाले शिशु तथा आमाको स्वास्थ्य जोखिममा पर्नेे समस्या बढिरहेको छ।

नेपाली समाजमा अविवाहित युवती गर्भवती हुँदा नकारात्मक दृष्टिकोणले हेरिने भएकाले उनीहरू गर्भपतन गराउन बाध्य हुन्छन्, जसका कारण किशोरीहरूको शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्छ। यसरी गर्भपतन गराउँदा युवतीहरू धेरै रगत बग्ने, प्रजनन अंगमा संक्रमण हुने तथा कालान्तरमा पाठेघरको क्यान्सरसमेत हुने जोखिममा पुग्छन्। विकीपिडियाले गरेको एक अध्ययनअनुसार विकासोन्मुख मुलुकका ३३ प्रतिशत किशोरीले २० वर्ष पुग्नुअघि नै शिशु जन्माउँछन् जुन धेरैजसो नियोजित हुँदैन। धेरै मुलुकमा शिशु जन्माउने महिलाको सरदर उमेर बढ्दै गए पनि विकासशील मुलुकमा प्रतिवर्ष १५ देखि १९ वर्षका १ करोड ५ लाख महिलाले शिशु जन्माउँछन्। यस्ता घटनालेेेेे किशोर-किशोरीहरूमा प्रजनन स्वास्थ्य समस्या सिर्जना गर्न थप बल पुर्‍याउँछ, जसका कारण यौन प्रसारित रोगहरू एचआईभी, एड्स, किशोरावस्थामा गर्भवती र आमा बन्नेजस्ता समस्याले राष्ट्रका कर्मठ युवाहरूलाई बर्बादीतर्फ धकेलिरहेको छ।

लामो समयदेखि त्रिवि शिक्षा विभागमा मानव यौनिकता र प्रजनन स्वास्थ्य विषयमा प्राध्यापन गराइरहेका प्रा अशोक कार्की भन्छन्- शिक्षाले युवाहरूलाई अरूको जीवन निर्माण गर्नुअघि आपनो जीवन निर्माण गर्ने कुरा सिकाउँछ भनिए पनि यस्ता समस्याका बारेमा भएका अध्ययन-अनुसन्धानले गैरजिम्मेवारपूर्वक गरिएको यौन व्यवहार र प्रजनन स्वास्थ्यबीच गहिरो सम्बन्ध देखिन्छ। यस्ता समस्या गरिबी, किशोरावस्थामा हुने हिंसा, किशोरावस्थाको यौनशोषण, पारिवारिक द्वन्द्व, विद्यालय छाड्ने, लागूपदार्थ दुव्र्यसन र कम उमेरमा गर्भवती बन्ने आदि कुरासँग सम्बन्धित छन्, त्यसैगरी युवतीहरूप्रति गरिने लैङ्गकि विभेदले पनि यसमा प्रत्यक्ष असर पार्छ।

 स्वभावैले किशोरावस्था खोज एवं प्रयोगको अवस्था हो, तर ज्ञान, अनुभव तथा परिपक्वताको कमीका कारण उनीहरू आफूमा आउने जोखिमप्रति सावधान हुन सक्दैनन्। त्यसैले अभिभावक, शिक्षक एवं ज्येष्ठ साथीहरूले सकारात्मक निर्देशन दिएर समयमै उनीहरूको मानसिकता तथा मनोविज्ञानको क्षितिज फराकिलो बनाइदिनुपर्छ अन्यथा किशोर-किशोरी ठूलो जोखिममा पर्ने सम्भावनालाई टार्न सकिँदैन। परिणाम व्यक्तिलाई मात्र होइन, समाज र राष्ट्रलाई नै अपूरणीय क्षति पुग्छ।

Source :Narisaptahik

Posted by Anonymous on 1:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for युवाहरूको भविष्य खतरामा

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru