योनि सुख्खा हुने समस्या

महिलालाई योनि सुख्खा हुने समस्या भयो भने यौनक्रीडा आनन्ददायक नभएर पीडादायक हुन्छ। यसले यौनक्रीडामा भय उत्पन्न हुनुका साथै त्यति इच्छा पनि हुँदैन। यस्ता समस्या नभएका महिलाका मनमा यौन चाहना उत्पन्न भएपछि प्युविक क्षेत्रमा रक्त प्रवाह बढेर योनिद्वार, युटेरस तथा क्लिटोरिसमा सक्रियता बढ्छ। यो स्थितिमा योनिद्वार फराकिलो बन्छ र योनिको भित्ताबाट योनिरस निस्कन्छ। योनिरसले योनिद्वारलाई चिप्लो पार्छ र यौनक्रीडालाई सहज एवं आनन्ददायक बनाउँछ। कुनै कारणले योनिमा पर्याप्त रस नआए योनि सुख्खा हुन्छ। यसले यौनक्रीडाको समयमा महिलालाई जलन वा पीडा हुन्छ। यस्ता समस्या भएका महिलाले यौनक्रीडाको वास्तविक आनन्द लिन सक्दैनन्। यसबाट उनीहरूमा यौनक्रीडाप्रति वितृष्णा उत्पन्न हुनसक्छ।
विशेषज्ञहरूका अनुसार उमेर बढ्दै जाँदा योनि सुख्खा हुने समस्या देखापर्छ। प्रौढावस्थामा यस प्रकारको समस्या उत्पन्न हुनु स्वाभाविक हो। जसरी बढ्दो उमेरसँगै पुरुषको लिङ्ग उत्तेजित हुन समय लाग्छ त्यसरी नै बढ्दो उमेरसँगै महिलाको योनिमा पनि योनिरस आउन समय लाग्छ। यसका अतिरिक्त मेनोपाज, हार्मोनको गडबडी, लामो समयसम्म बिरामी हुनु, अत्यधिक एन्टिबायोटिक औषधि सेवन गर्नु, गर्भनिरोधक औषधिको नियमित सेवन गर्नु, ब्लडप्रेसर वा डायबिटिजको समस्या हुनु, कुपोषण, डाइटिङ, उत्तेजनाबिना नै सहवासमा संलग्न हुनु, डर मानेर वा लुकेर सम्बन्ध बनाउनु, प्राकक्रीडा नगर्नु, मौसम घेरै गरम वा चिसो हुनु,  सिजेरियन प्रसूति, अत्यधिक थकान भएको बेला यौनक्रीडामा संलग्न हुनु, अनियमित दिनचर्या, धेरै हल्ला भएको स्थानमा सम्बन्ध बनाउनु, फोहोर ठाउँमा सम्बन्ध बनाउनु, यौनक्रीडालाई पाप सम्झनु, श्रीमान्लाई मन नपराउनु, श्रीमान्बाट दुव्र्यवहार हुनु, बाल्यावस्थामा यौन उत्पीडनको सिकार हुनु आदि कारणले योनि सुख्खा हुने समस्या उत्पन्न हुन्छ।

के गर्ने ?
योनि सुख्खा भएको महसुस भए श्रीमान्लाई जानकारी गराउनुपर्छ। त्यसपछि चिकित्सकसँग सल्लाह गरी उचित समाधान निकाल्न सकिन्छ। यो समस्या लामो समयसम्म रहे धेरै गाह्रो हुने भएकाले समयमै समाधान गर्नु उचित हुन्छ।
मन नभएका बेला वा योनि तयार नभई सम्बन्ध राख्नुहुँदैन। कुनै प्रकारको चिन्ता वा तनाव छ भने पनि सहवास गर्नुहुँदैन। उत्साह, आनन्द एवं भयरहित अवस्थामा मात्र सहवास गर्नुपर्छ।
प्राकक्रीडाका लागि श्रीमान्लाई प्रेरित गर्नुपर्छ। आफूलाई के गर्दा आनन्द महसुस हुन्छ, सबै कुरा बताउनुपर्छ।
प्राकक्रीडापछि पनि योनि सुख्खा रहे जेल वा क्रिम प्रयोग गर्नुपर्छ।
श्रीमान् कण्डम प्रयोग गर्छन् भने वाटर बेस्ड लुबि्रकेन्ट प्रयोग गर्नु उपयुक्त हुन्छ। अन्य लुबि्रकेन्ट प्रयोग गर्दा कण्डम फुट्ने सम्भावना हुन्छ।
टिभी हेरेर पनि यौनक्रीडा गर्नुहुँदैन। यसो गर्दा ध्यान भङ्ग हुने भएकाले योनिरस राम्रोसँग आउँदैन।
योनि सुख्खा भएर पीडा सहँदै सहवास गर्नुहुँदैन। यसो गर्दा घाउ हुनसक्छ।
समस्या उत्पन्न हुनुको कारण महिला स्वयंले जान्ने प्रयास गर्नुपर्छ। कारण थाहा भए समस्या समाधान गर्न सजिलो हुन्छ।
बढ्दो उमेरमा वा मेनोपाजपछि योनि सुख्खा हुनु सामान्य हो। यो समस्यालाई प्राकक्रीडा एवं  चिप्लो पदार्थको प्रयोगबाट कम गर्न सकिन्छ।
Source:nari saptahik
कुनै औषधिको नियमित सेवन वा प्रयोग गरेका कारण समस्या उत्पन्न भएको हो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ। औषधि बदलेर पनि समस्या समाधान हुनसक्छ।
मानसिक कारणबाट यो समस्या उत्पन्न भएको हो भने सोहीअनुसार उपचार गर्नुपर्छ।

Posted by Anonymous on 1:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for योनि सुख्खा हुने समस्या

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru