आमा छोरीद्वारा आत्महत्या

काठमाडौं, वैशाख २० (नागरिक)- २९ पेज लामो सुसाइड नोट लेखेर ३९ वर्षकी आमा र १९ वर्षकी छोरीले संयुक्त आत्महत्या गरेका छन्। घरको दोस्रो तलामा रहेको कोठामा फ्यानको हुकमा डोरीमा झुन्डीएर आमा छोरीले एकै पटक आत्महत्या गरेका हुन्।

काठमाडौं,बिष्णु बुढानिलकण्ठ-५ बस्ने ३९ बर्षीया प्रजता पराजुली र उनको १९ बर्षीया छोरी प्रमिता बैशाख १८ गते बेलुका सिलिङ फ्यानको हुकमा नाईलनको डोरीको पाँसो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको महाराजगञ्ज बृत्तका प्रमुख दिपक थापाले बताए।

१२ वर्ष अगाडि सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएपछि प्रजता २ जना छोरा र एक छोरीका साथ बुढानिलकन्ठमा बस्दै आएकी थिइन्। छिमेकीका अनुसार डिप्रेशनवाट पिडित उनी प्राय घरमै बस्दै आएकी थिइन्। २२ वर्षका जेठा छोरा र २० वर्षका कान्छा साइबर र मार्शल आर्टको काम गर्दै आएका थिए।

छिमेकीले प्रहरीलाइ दिएको जानकारी अनुसार आईतवार सा"झ पांच वजेतिर प्रमिता ताल्चा किन्न गएकी थिइन। बेलुका आठ वजेतिर छोरा घरमा आएर हेर्दा घरको दोस्रो तलामा आमा र बहिनी झुन्डीएको देखेपछि प्रहरीलाइ खवर गरेका थिए। प्रहरीले दुबैले करिव ६ वजेतिर आत्महत्या गरेको अनुमान गरेको छ।

आमा-छोरी पहिलो तलामा बस्दै आएका थिए भने छोराहरु दोस्रो तलामा बस्दै आएका थिए। पहिलो तलाका सबै कोठामा ताल्चा लगाएर दुबै छोराको कोठामा गएर कुर्सी जोडेर नाइलनको डोरीले बांधेर छुट्टाछुट्टै हुकमा डोरीमा झुन्डीएका थिए।

आमाले पेन्सीलले २० पेज लामो सुसाइड नोट लेखेकी छिन भने, छोरीले तीन/तीन पेजको तीन वटा छुट्टाछुट्टै सुसाइड नोट लेखेर छाडेकी छिन्। आमाको सुसाइड नोटमा छोराहरुको भविष्य बनाउन आफुले केही गर्न नसकेको र छोरीलाइ एक्लै छाड्न मनले नमानेकाले संगै आत्महत्या गरेको लेखिएको छ।

२२ र २० वर्षको छोराहरुलाइ सम्बोधन गरिएको नोटमा लेखिएको छ ...घरको ऋण तीर्न पनि सकिन, अब आफ्नो भविष्य आफैं बनाउनु।' बहिनीलाइ एक्लै छाड्न मनले मानिन त्यसैले संगै लगे।'

छोरीले अंग्रेजीमा लेखेको २ जना दाजु र मामालाइ तीन पेजको छुट्टाछुट्टै नोट लेखेकी छिन्। उनको नोटमा आमा र घरको अवस्था देखेर विरक्त लागेको र आमालाइ छाड्न गार्हो हुने भएकाले संगै आत्महत्या गरेको उल्लेख छ।

Source:Nagariknews

Posted by Anonymous on 10:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आमा छोरीद्वारा आत्महत्या

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru