यौनशक्ति घट्दा पुरुषलाई बुढोको डर

तपाई त बुढो हुनुभयो नी भन्यो भने उमेर ढल्किंदै गरेको पुरुषहरुको जवाफ हुन्छ-ज्यान बुढो भएपनि मन बुढो भाछैन् । ४० वर्ष टेकेपछि दोश्रो जवानी सुरु भएको ठान्छन अधिकांश पुरुषहरु । बुढ्यौलीले महिलाहरुलाई भने अलि चाँडै छुने गरेको छ ।
हालै गरिएको एक अध्ययनका अनुसार एक-चौथाई महिलाहरु एक/दुई केश फुल्ने वित्तिकै आफूलाई बुढो सम्झन्छन, उमेरले तिस नछोएकै किन नहोस् । ‘हाम्रो समाजमा महिलाहरु आकर्षक हुनु पर्ने मान्यता रहेको छ । त्यसैले होला जब महिला आफूलाई फेसनेबल पाउँदैनन्, तब बुढ्यौली लागेको मान्दछन्,’
लैनकस्टर विश्वविद्यालयका मनोबैज्ञानिक कैरी कपुरले भने । तर यसको विपरित पुरुषहरु आफू बुढो नै भए पनि ५९ वर्ष नकटेसम्म जवान ठान्छन् । एक अर्को अध्ययनले के देखाएको छ भने दुई-तिहाई पुरुषहरु आफ्नौ यौन क्षमता घटेपछि मात्र बुढो सम्झन्छन् ।
अन्य २२ प्रतिसत पुरुषले भने संगितको आवाज एकदम तेज महसुस भएपछि बुढो महसुस हुने बताए । त्यस्तै, १० प्रतिसत महिलाहरु आफ्नो रुपको सौदर्यतामा कमी आएपछि र ५० प्रतिसत बच्चालाई जन्म दिएपछि बुढेसकाल लागेका सम्झने अध्ययनले देखाएको छ ।

Onlinekhabar

Posted by Anonymous on 10:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यौनशक्ति घट्दा पुरुषलाई बुढोको डर

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru