दाहालद्वारा जनसंविधानका लागि बुद्धका शिक्षाले प्रेरणा दिन सकून् भन्ने आग्रह
News 10:03 AM
काठमाडौं, जेठ ३ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आजको सङ्क्रमणकालीन नेपाली समाजमा बुद्धका शिक्षाहरुको महत्त्व झनै बढेर गएको बताएका छन्। उनले भनेका छन्- यस्तो राजनीतिक संवेदनशील परिवेशमा उनका शिक्षाले सबैलाई सहिष्णुता, सहमति र सहकार्यका तरिकाबाट शान्ति र जनसंविधान निर्माणका लागि प्रेरणा दिन सकून्।
२५५५ औं बुद्ध जयन्तीका अवसरमा बुद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस्तो कामना गरेका हुन। गौतम बुद्ध नेपालमात्रै नभई प्राचीन विश्वकै महान् विचारक र दार्शनिक रहेका भनाइ पनि दाहालको छ।
Nagarik News