कोरिया हाइड्रोद्वारा आँधीखोलामा लगानीको प्रस्ताव

कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) ले १८० मेगावाटको आँधीखोला जलाशययुक्त विद्युत् आयोजनामा लगानीको प्रस्ताव गरेको छ ।
केएचएनपी जलविद्युत् विभागका महाप्रबन्धक जुङ हेओन चुलले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झालाई पत्र पठाई लगानीबारे इच्छा जाहेर गर्दै सहमति दिन आग्रह गरेका छन् । उनले प्राधिकरणसँगको संयुक्त सहकार्यमा यो जलाशययुक्त आयोजना निर्माण गर्न चाहेको पत्रमार्फत स्पष्ट पारेका छन् ।
केएचएनपीले आँधीखोला आयोजनालाई तीन चरणबाट निर्माण गर्ने प्रस्ताव गरेको छ । पहिलो चरणमा प्राधिकरणसँग संयुक्त लगानीका लागि आयोजनाको विकास सम्झौता गर्ने र त्यसपछि संयुक्त रूपमा आयोजनको विस्तृत इन्जिनियरिङ तयार गर्ने प्रस्ताव छ । यो प्रतिवेदन तयारपछि अन्तर्राष्ट्रिय संस्थाहरूले सहजै वित्तीय लगानीको स्वीकार गर्ने र आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणलाई बिक्री गर्ने तथा आयोजनास्थलबाट बिजुली लैजान आवश्यक प्रसारणलाइन निर्माण प्राधिकरणले गर्नुपर्ने प्रस्ताव केएचएनपीको छ । त्यस्तै, आयोजना विकासका लागि वार्ता गरी संयुक्त उपक्रम तयार गर्ने र हालको सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने प्रस्ताव पनि केएचएनपीको छ ।
आँधीखोला आयोजनाको अनुमतिपत्र प्राधिकरणसँग छ । उसले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि करिब ४७ करोड अमेरिकी डलर (३४ अर्ब रुपैयाँ) लाग्ने देखिएको छ । आयोजना स्याङ्जा जिल्लामा पर्छ । आँधीखोला कालीगण्डकीको सहायक नदी हो ।प्राधिकरणका कार्यकारी निर्देशक झाले केएचनपीको प्रस्ताव आएको पुष्टि गर्दै आयोजना विकाससम्बन्धी विस्तृत कार्ययोजना तयार गरेर पठाउन उसलाई पत्रचार गरिएको जानकारी दिए । विस्तृत कार्ययोजना आएपछि मात्र ऊसँग वार्ता अघि बढ्छ,उनले भने । ऊर्जा संकट बढ्दै गएकाले जलाशययुक्त आयोजनाका लागि आँधीखोलालाई अघि बढाउन लागिएको उनले बताए ।सबै विद्युत् आयोजना नदीको बहावमा आधारित भएकाले सरकारले जलाशययुक्त आयोजनाको विकासका लागि तयारी गरेका बेला केएचएनपीको प्रस्ताव आएको हो । तत्कालीन जलस्रोतमन्त्री विष्णु पौडेलले पनि यो आयोजना अघि बढाउने तयारी गरेका थिए ।
केएचएनपीले कोरियामा जलविद्युत् तथा आणविक ऊर्जा गरी २७ वटा प्लान्टको निर्माण तथा सञ्चालन गरिरहेको छ । दुवै स्रोतबाट उसले हालसम्म २३ हजार ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ भने ९ हजार ४ सय ६० मेगावाट क्षमताका एक जलविद्युत्, दुई पम्पस्टोरेज र सात आणविक प्लान्ट निर्माण गरिरहेको जानकारी गराएको छ ।कोरियाका अतिरिक्त क्यानडा, पेरु र मेसोडोनियामा ऊर्जा विकासमा लगानी गर्ने योजना बनाइएको केएचएनपीले बताएको छ । उसले कम्पनीको कुल सम्पत्ति २६ अर्ब ६० करोड अमेरिकी डलर रहेको दाबी गरेको छ । केएचएनपीले नेपालको चमेलिया विद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारणलाइनको ठेक्का पाइसकेको छ ।

SKNepal

Posted by Anonymous on 1:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कोरिया हाइड्रोद्वारा आँधीखोलामा लगानीको प्रस्ताव

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru