जोखिमयुक्त २० हजार अवैध सिलिन्डर बरामद
News 9:47 AM
खनार -सुनसरी,
अन्य कम्पनीका सिलिन्डरको पिँध काटेर आपmनो बनाई जोखिमयुक्त तरिकाले बिक्री वितरण गरिरहेको एक कम्पनीमा छापा मारी जिल्ला प्रशासन कार्यालयले करिब २० सिलिन्डर बरामद गरेको छ ।
उपभोक्तावादी संघसंस्थासहित सुनसरीको खनारस्थित नेपाः पेट्रोलियम ट्रेड लिंकमा पुगेको प्रशासनको एक टोलीले विभिन्न २४ कम्पनीका सिलिन्डर बरामद गरेको हो ।
ठूलो परिमाणमा सिलिन्डर बरामद भएकाले गन्ती गर्न भ्याई नसकेको प्रशासनले जनाएको छ । प्रशासनले मुचुल्का गरी अवैध कारोबारी कम्पनीमा सिल गरेको छ ।
प्रसाशकीय अधिकृत कृष्णबहादुर कटुवालका अनुसार बरामद सिलिन्डरको बजार मूल्य प्रतिगोटा २ हजारको आधारमा ४ करोड रुपैयाँभन्दा बढीको सामान बरामद भएको छ ।
नेपाः पेट्रोलियम कम्पनी पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शिव घिमिरेको हो । उनले हालै धादिङमा सुगम ग्यास कम्पनी खोलेका छन् । बरामद सिलिन्डरमा पिँधमा लाग्ने गोलो फलामको घेरा -फुड रिङ) परिवर्तन गरी सुगम ग्यासको नाम र नम्बर राखेर पेन्टिङ गरेको पाइएको
छ । यसरी बनाइएको जोखिमयुक्त सिलिन्डर नै सुगम ग्यासले बजारमा आफ्नो नामबाट बिक्री वितरण गर्दै आएको थियो ।
घिमिरे मुलुकका ठूला पेट्रोलियम व्यापारी हुन् । उनको लगानी विभिन्न उद्योग तथा सञ्चार क्षेत्रमा समेत रहेको छ । नेपाल ग्यास बिक्रेता संघको उजुरीका आधारमा प्रशासनले बुधबारै छापा मार्ने प्रयास गरेको थियो । तर प्रमुख जिल्ला अधिकारीको आदेश नभएकाले ट्रेड लिंकमा पुगेको प्रहरी, गुणस्तर, राजस्वलगायतको टोली त्यतिकै फर्किएको थियो । बिहीबार बिहानै छापा मार्ने योजना बनाए पनि प्रशासनले दिउँसो मध्याह्नमा मात्र ताला खोलेर भित्र प्रवेश गर्न आदेश दिएको थियो ।
अघिल्लो दिन आफूले छापा मार्न नभई कुरा बुझ्न मात्र मानिस पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए । 'राजधानीबाट उहाँहरू -उपभोक्तावादी) आउनुभएछ, उजुरी पनि छैन कुरा पनि प्रस्ट छैन मैले नबुझी कसरी छापा मार्न पठाउने,' प्रजिअ थपलियाले भने, 'आज बिहान कुरा प्रस्ट भएपछि छापा मार्ने आदेश दिएको हुँ ।' कुन कानुन प्रभावित हुन्छ र कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा उत्पादक, बिक्रेता र उपभोक्ता संघका प्रतिनिधिसँग छलफल भएपछि अघि बढ्ने प्रजिअ थपलियाले बताए ।
सुरुमा प्रहरी र प्रशासनका कर्मचारी मात्र प्रवेश दिने भनिए पनि पछि उपभोक्ता, उत्पादक संघ र सञ्चारकर्मीको दबाबमा उनीहरूलाई पनि प्रवेश दिइएको थियो ।
छापा मार्ने क्रममा ३१ सय ९२ थान सुगम ग्यास कम्पनीका फुटरिङ, ९ सय ७५ थान फुटरिङ काटिएका अन्य कम्पनीका सिलिन्डर र चार थान अन्य ग्यास कम्पनीको सिलिन्डरमा सुगमको कोड नम्बर र नाम भएको फुटरिङ जोडेर तयार पारिएका सिलिन्डर बरामद भएको हो ।
बरामद ग्यास सिलिन्डरमा सहारा, बाबा, हिमाल, राजधानी, एभरेस्ट, सिद्धार्थ, पि्रमा, श्रीकृष्ण, नारायणी, सूर्य, मनोज, साइबाबा, ओम, एचपी, कोसी, लोकपि्रय, सुविधा, भानु, सगर, त्रिशूल, नोबेल, लुम्बिनी र श्रीलंका रहेका छन् ।
कोसी ग्यासका अध्यक्ष विजयहरि शर्माले भल्ब लगाएर नै वेल्डिङ गरिएका कारण यस्ता सिलिन्डर जतिबेला पनि विस्फोट हुन सक्ने बताए । कम्पनीबाट जाँच पास भएर आएपछि कुनै पनि किसिमको वेल्डिङ वा छेडछाडले सिलिन्डर बम जत्तिकै खतरनाक हुने उनले बताए ।
स्थलगत मुचुल्का र प्रतिवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने अधिकृत कटुवालले बताए ।
Source:KantipurNews