पतिलाई बचाउन खोज्दा घाइते भइन् लादेनपत्नी
News 9:26 AM
बिन लादेनकी २७ वर्षीया कान्छी श्रीमती अमल अल सदाह श्रीमान्को रक्षा गर्न अमेरिकी सेनासँग जाइलागिन्
कसैले भने अमेरिकासँग जोरी खोज्ने ओसामा बिन लादेनले आफ्नै श्रीमतीलाई मानवढालका रुपमा प्रयोग गरे । कतिपयले भने लादेनले श्रीमतीको पछाडि लुकेर अमेरिकी सेनाविरुद्ध गोली प्रहार गरे । यसअघि अमेरिकी अधिकारीले समेत ओसामा बिन लादेनले आफ्नै श्रीमतीलाई मानवढालका रुपमा प्रयोग गरेको जानकारी दिएका थिए । ओसामा बिन लादेनले २७ वर्षीया श्रीमती अमल अल सदाहको पछाडि लुकेर मृत्युलाई छल्ने कोसिस गरेको सोमबार अमेरिकी प्रतिआतंकवाद प्रमुख जोन बि्रम्यानले आरोप लगाएका छन् ।
तर मंगलबार बिन लादेनकी श्रीमतीका बारेमा भनिएका सबै कुरा गलत निक्लेका छन् । अलकायदा प्रमुख ओसामा बिन लादेनविरुद्ध अमेरिकी सैन्य आक्रमण गर्दा बिन लादेनको ज्यान बचाउन उनकी कान्छी श्रीमती अमेरिकी सेनाको प्रतिकारमा उत्रिएकी थिइन् । ह्वाइटहाउसका प्रवक्ता जे कार्नीले ओसामाकी श्रीमतीको मृत्यु नभएको बताएका छन् । उनलाई केवल खुट्टामा गोली लागेको छ । बिन लादेनविरुद्ध अमेरिकी सेना आक्रमण गर्न आएपछि उनी प्रतिकारमा उत्रिएको तर उनलाई बिन लादेनले मानव ढालमा प्रयोग नगरेको पनि कार्नीले बताए । अमेरिकी सैन्य अभियानमा मारिएकी महिला बिन लादेनकी श्रीमती नभएर सहयोगीकी श्रीमती भएको पनि उनले बताए । लादेन पत्नी सादह त श्रीमान्लाई अमेरिकी सेनाको आक्रमणबाट बचाउन खोज्दा गोली लागेर ढलेकी थिइन् ।
यसरी अन्तिम अवस्थामा समेत विश्वले खोजिरहेका पतिलाई बचाउन खोज्ने अमल अल सदाह कैयौँ पत्नीमध्ये लादेनको सबैभन्दा प्यारी भएको बताइएको छ । यमनमा जन्मिएकी सदाहको बिन लादेनसँग १७ वर्षको उमेरमा करिब दस वर्षअघि बिहे भएको थियो । पश्चिमा राष्ट्रहरुले त्यसअघि देखि नै बिन लादेनलाई मस्ट वान्टेडको लिस्टमा राखिसकेका थिए । बिन लादेनसँग छोरीको बिहे गरिदिएकोमा सदाहका बाबु अत्यन्त खुसी भएका थिए रे । खाडी मुलुकसँग सम्बन्ध बलियो बनाउन बिन लादेन र सदाहको बिहे गरिदिएको बताइएको छ ।
श्रीमतीको सुरक्षाको चिन्ता गर्दै बिन लादेनले सदाहलाई यमन पठाएका थिए । तर उनी श्रीमान्लाई एक्लै छाडेर माइती बस्न रुचाइनन् । खुफिया एजेन्सीको आँखा छल्दै आइपुगिन् आफ्नै श्रीमान भेट्न । उनको उपचार अहिले रावलपिन्डी अस्पतालमा भइरहेको छ । लादेन पत्नी सदाह तथा अन्य सदस्यलाई पाकिस्तानमै राख्ने वा अन्य देशमा सुपुर्दगी गर्ने भन्ने विषयमा पाकिस्तान र अमेरिकी अधिकारीबीच विवाद भइरहेको बताइएको छ ।
Source:Naya Patrika