'दलहरुबीच नयाँ सहमति नभए मुलुक गंम्भीर दुर्घटनामा'

काठमाडौ, जेष्ठ २ - राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । मुलुकको राजनीतिक अस्थिरताले लोकतन्त्र खतरामा परेको उनको भनाई थियो ।

सोमबार साउथ एसियन म्यानेजमेन्ट फोरमको ललितपुरमा सुरु ११ औं सम्मेलनलाई सम्बोधन गर्दै यादवले दलहरुबीच तत्काल नयाँ सहमति नभए गंम्भीर दुर्घटना हुने बताए । नयाँ संविधानमा आर्थिक बहस चलि रहेका बेला व्यवस्थापन सम्बन्धि सार्क स्तरीय बैठक नेपालमा हुनु महत्वपूर्ण भएको राष्ट्रपतिले उल्लेख गरे ।

कार्यक्रममा सार्कका महासचिव फतेमा दियाना सहिरले नेपालमा आर्थिक स्थायीत्वका लागि व्याक्तिगत स्वतन्त्रताको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जोड दिनुपर्ने बताए । बैठकमा सार्क राष्ट्रका भौगोलिक पूर्वाधार र आर्थिक विकासका सम्भावनाबारे विभिन्न विज्ञका ६२ कार्यपत्र प्रस्तुत गरिनेछ । बैठक दुई दिन सम्म चल्नेछ ।



कान्तिपुर समाचार

Posted by Anonymous on 9:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for 'दलहरुबीच नयाँ सहमति नभए मुलुक गंम्भीर दुर्घटनामा'

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru