सशस्त्र समूहका नाइके पक्राउ

२ जेठ, रौतहट । तराइमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वाला सिंह समूहका एक केन्द्रीय सदस्यलाई प्रहरीले रौतहटको गौरबाट आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा शक्ति सिंह भनिने जैसी गिरी रहेको रौतटह प्रहरीले जनाएको छ । गिरीलाई स्थानीय व्यापारी र सरकारी कर्मचारीसँग जवर्जस्ती चन्दा असुल्दै गरेको अवस्थामा फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

उनको साथबाट हतियार र चन्दा रसिद बरामद गरिएको प्रहरीको भनाई छ । गिरी तराइका विभिन्न स्थानमा यसअघि भएका हत्या, अपहरण र लुटपाटका घटनामा संलग्न रहेकेा बताइएको छ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

OnlineKhabar

Posted by Anonymous on 9:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सशस्त्र समूहका नाइके पक्राउ

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru