'पाँच दिनभित्र खाका नआए संघर्ष'

दाङ ,
कांग्रेस सभापति सुशील कोइरालाले पाँच दिनभित्र सेना समायोजनको खाका नल्याए शान्तिपूर्ण संघर्ष थाल्ने चेतावनी दिएका छन् । शनिबार तुलसीपुर सभामा बोल्दै उनले माओवादी अध्यक्ष दाहालले नै ५ दिन मागेकोसमेत खुलासा गरे ।
'त्यो पूरा भएन भने हामी चुप लागेर बस्दैनौं । संघर्ष सुरुवात हुन्छ,' उनले भने, 'माओवादीले हालसम्म देशलाई नै झुक्याउँदै आएको छ । यसबारे विश्व नै
परिचित छ । तैपनि हामी अन्तिमपटक पर्खेका छौं । यसपटक पनि वाचा पूरा नगरे हामी आन्दोलित हुन्छौं । संविधानसभाको म्याद थप्नतिर लाग्दैनौं ।'
वरिष्ठ नेता शेरबहादुर देउवाले लडाकु समायोजन र कब्जा सम्पत्ति फिर्तालगायत विषयमा सहमति कार्यान्वयन नगरी माओवादीले सधैं झूटको खेती गरेको आरोप लगाए । 'लडाकु समायोजन नभएकै कारण परिवर्तनले गति लिन सकेको छैन,' उनले भने, 'अब माओवादीले नै स्पष्ट कुरा ल्याउनुपर्छ । हामीले तोकेको मितिमा नल्याए अब चुप लागेर बसिँदैन ।'
संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी निःशस्त्र भएपछि मात्र कब्जा जग्गा फिर्ता र विस्थापितको पुनःस्थापना हुने बताए ।

KantipurNews

Posted by Anonymous on 10:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for 'पाँच दिनभित्र खाका नआए संघर्ष'

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru